गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भयो : प्रधानमन्त्री देउवा


प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार

k|d b]pjf / ko{6gdGqL cfn] ?kGb]xL, @ h]7 M k|wfgdGqL z]/axfb’/ b]pjf / ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb’/ cfn] ;+o’Qm?kdf ;f]daf/ cGt//f{li6«o uf}tda’4 ljdfg:ynsf] pb3f6g . t:jL/M lg/f uf}td÷ /f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गर्नुभएको छ । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उहाँले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताउनुभयो ।

उहाँले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपाल पर्यटनका अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारेको सन्देश संसारमा पु¥याउन यो विमानस्थल सहयोगीसिद्ध हुने पनि बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध विमानस्थलले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँँले कोभिड महामारीका कारण विमानस्थल निर्माणमा केही ढिलाइ भए पनि सबैको प्रयत्नले सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहांँले विमानस्थल निर्माणमा भूमिका निर्वाह गर्ने पूर्वप्रधानमन्त्री तथा पूर्वपर्यटनमन्त्रीलाई धन्यवाद दिनुभयो । उहाँले सबैको साथ र सहयोगका कारण विमानस्थल निर्माणको काम सम्पन्न भएको बताउनुभयो ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले बुद्धभूमिबाट नेपालको शान्ति र समृद्धिको सन्देश विश्वभर प्रवाह हुने बताउनुभयो । उहांँले शान्तिको सन्देश लिएर नेपाली र अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट संसारभर पुग्ने विश्वार व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले पर्यटन मन्त्रालयमार्फत् सञ्चालनमा रहेका पाँच वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सम्पन्न हुने आयोजनाका रुपमा गौतमबुद्ध विमानस्थल रहेको बताउनुभयो । यी पाँचवटै आयोजना सम्पन्न भएपछि मुलुकको पर्यटन र आर्थिक विकासले फड्को मार्ने बताउनुभयो ।

उहाँंले आजैदेखि त्रिभुवन विमानस्थल र गौतबुद्ध विमानस्थल २४ सै घण्टा सञ्चालन हुने घोषणा गर्नुभयो । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निर्मित यो विमानस्थल अन्तरराष्ट्रिय उडान सञ्चालनमा आएपश्चात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प बन्नुका साथै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या भई वायुयान उडान अवतरण हुन नसक्ने अवस्थामा छिमेकी मुलुकमा पु¥याएर अवतरण गराउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकामा अवस्थित यस विमानस्थललाई नेपालको एक बहुआयामिक आयोजनाको रुपमा लिइएको जनाउँदै उहाँले यो गौतमबद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हुनुकासाथै विश्वलाई यस क्षेत्रसँग जोड्ने सम्पर्क माध्यम भएको जनाउनुभयो ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ ।

अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । चिनियाँ निर्माण कम्पनीद्वारा निर्मित यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भए लगत्तै आन्तरिक एयरलाइन्सले उडान गरिरहेका छन् । यहाँबाट निजी क्षेत्रको बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com