जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया


प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार

df]/ª, @ h]7 M ;~rf/sdL{;Fu s’/f ub}{ k|d’v cfo’Qm yklnof lgjf{rg cfof]usf k|d’v cfo’SQ lbg]zs’df/ yklnof ;f]daf/ lj/f6gu/–& l:yt cfbz{ dfljsf] dxfgu/sf] dtu0fgf:yndf ;~rf/sdL{;Fu s’/f ub}{ . tl:a/M dgf]h bfxfn ÷/f;;

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताउनुभयो । मतगणनास्थलमा अध्याधिक जनशक्ति परिचालन गर्ने, सुरक्षा व्यवस्था मिलाउने र त्यसको लागि आवश्यक पर्ने व्यवस्था र वित्तिय खर्च मागअनुसार आयोगले व्यवस्था गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

थपलियाले मतगणनास्थलमा निजामती कर्मचारी, प्रदेश सरकार वा स्थानीय निकायका कर्मचारीलाई परिचालन गरी यथासक्य धेरै टोली बनाइ मतगणनाकार्यमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आयोगले ७७ जिल्लामा शान्तिपूर्ण, स्वतन्त्र र निश्पक्षरुपमा सम्पन्न भएको निर्वाचनको घोषणा नागरिकलाई जानकारी दिन सम्पूर्णरुपमा काम गरिरहेको बताउनुभयो । मतगणनास्थलमा दलका प्रतिनिधि र गणकबीच मतपत्रका सम्वन्धमा साना, मसिना त्रुटि समाधानमा आयोगले सहजीकरणको भूमिका खेल्नेसमेत उहाँले उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मतगणनास्थलमा सुरक्षा संयन्त्र सुदृढ रहेको छ, यस सम्वन्धमा सुरक्षा निकायबाट सुनिश्चिता प्रदान गरिएकोले यसमा कुनै किसिमबाट अल्मलिनु हुँदैन”, उहाँले भन्नुभयो । वैशाख ३० गते निर्वाचनका क्रममा केही स्थनामा भएको घटनामा सङ्लग्न व्यक्तिलाई छिट्टै नियन्त्रणमा लिई निर्वाचन अपराध तथा कसुर सजाय ऐनअन्तर्गत कार्वाहीको प्रक्रिया प्रारम्भ गर्न सरकारलाई आग्रह गरेको थपलियाले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com