आजराती आकाशमा पुष्पचन्द्र देखिने, अमेरिकाभर रोमाञ्चक दृश्य हेर्न सकिने


प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार

आजराती आकाशमा पुष्पचन्द्र देखिने भएको छ । पूर्ण चन्द्रग्रहणका क्रममा उक्त रोमाञ्चक दृश्य हेर्न सकिने भएको छ ।

मे महिनाको पूर्णचन्द्रलाई पुष्पचन्द्रका रुपमा समेत चिनिन्छ । जुन आइतबार राती र सोमबार विहान आकाशमा फक्रिने भएको छ ।

आइतबार मध्यराती लगत्तै सोमबार विहान न्युयोर्क समय अनुशार १२ बजेर १५ मिनेटमा उत्कर्षमा उक्त दृश्य हेर्न सकिनेछ । अमेरिकाको पूर्वी क्षेत्रमा रहेकाहरुले यो सुन्दर दृश्य आइतबार राती साढे ११ बजेपछि नै देख्न सुरु गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पृथ्वीको छायाँ चन्द्रमामा परेपछि हाम्रो प्राकृतिक स्याटेलाइटका रुपमा रहेको चन्द्रमा रगतजस्तै रातो देखिनेछ । अमेरिकाभरबाटै उक्त रोमाञ्चक दृश्य हेर्न सकिने भएको छ ।

यो चन्द्रग्रहण अमेरिका, युरोप, अफ्रिका लगायत विश्वका कैयन भागबाट हेर्न सकिनेछ । २ दशमलव ७ बिलियन व्यक्तिले ग्रहणको केहीभाग हेर्न सक्ने अनुमान गरिएको छ ।

सूर्यास्त भएको केही समयपछि नै चन्द्रमाको देब्रेतिरको भाग अँध्यारो देखिन सुरु गर्नेछ । तर मुख्य घटना भने न्युयोर्क समय अनुशार १० बजेर २८ मिनेटमा सुरु हुनेछ । त्यतीबेला चन्द्रमा पृथ्वीको केन्द्रीय छायामा प्रवेश गर्नेछ । यो समयमा चन्द्रमाको केही भाग टोकेको जस्तो दृश्य देखिनेछ ।

सोमबार विहान १ बजेर ५६ मिनेट जाँदा यो परिघटना समाप्त हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com