न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० को मृत्यु, १८ बर्षको बन्दुकधारी हिराशतमा


प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार

अमेरिकाको न्युयोर्क राज्यको बफेलोमा एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । एकजना श्वेत टिनएजरले ५० राउण्ड गोली चलाएको अधिकारीहरुले बताएका छन् ।

यो घटनालाई सम्भावित घृणाको घटना भएको आशंका गरिएको छ । गोली चलाउने संदिग्ध १८ बर्षका टिनएजरलाई हिराशतमा लिइएको छ । गोली चलाउने व्यक्तिले शनिबार दिउसो भएको उक्त गोलीकाण्ड सामाजिक सञ्जालमा समेत लाइभ गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली चलाउने व्यक्तिले शैन्य पोशाक र कवच लगाएको जनाइएको छ । सुरुमा ४ जनालाई पार्किङ लटमा गोली हानेको जनाइएको छ । त्यसपछि स्टोरभित्र पसेर गोली चलाउने क्रममा सुरक्षामा खटिएका पूर्व प्रहरी अधिकारीसँग जम्काभेट भएको थियो । सुरक्षामा खटिएका प्रहरी अधिकारीले बन्दुकधारीलाई गोली हानेपनि कवचका कारण कुनै असर परेन ।

त्यसपछि बन्दुकधारीले स्टोरभित्र ९ जनामाथि गोली चलाएको थियो । सुचना पाएको एक मिनेटमा नै प्रहरी घटनास्थलमा पुगेको थियो । गोली लागेका १३ जनामध्ये ११ जना अश्वेत र २ जना श्वेत रहेका छन् ।

गोली हानिएकाहरुमा ४ जना स्टोरका कर्मचारीहरु रहेका छन् भने अरु सबै ग्राहकहरु हुन् । मारिनेमा स्टोर सुरक्षामा खटिएका पूर्व प्रहरी समेत छन् । घाइते ३ जनाको अवस्था जोखिमबाहिर रहेको जनाइएको छ ।

बन्दुक चलाउने संदिग्ध न्युयोर्कको कोन्क्लीन निवासी पेटेन जेनड्रोन रहेको जनाइएको छ । उसले न्युयोर्क काउन्टीबाट बफेलोको स्टोरमा शुक्रबारमात्र यात्रा गरेको जनाइएको छ ।

बन्दुकधारीले सुपरमार्केट गोलीकाण्डमा प्रयोग भएको राइफल आफ्नो घर भएको ब्रुम काउन्टीमा बैध रुपमा नै किनेको जनाइएको छ । उक्त राइफल पछि गैरकानूनी रुपमा परिस्कृत गरिएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com