घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाउनुभएको छ ।

उहाँले दुई हजार ८८४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै रहेको छ । गठबन्धनबाट उपप्रमुख पदमा उम्मेदवार बन्नुभएका नेपाली कांगे्रसका भुपबहादुर डाँगीले तीन हजार १०० मत प्राप्त गर्नुभएको छ ।

एमालेका हुमा डिसीले दुई हजार ५३४ मत प्राप्त गर्नुभएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिले घोराही उपमहानगरपालिकाको वडा नं १४, १५, १६, १७, १८ र १९ को मतगणना जारी छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकोमा ७६हजार ५२९ अर्थात् ६७.७६ प्रतिशत मत खसेका थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी लमही नगरपालिकामा कांगे्रसले अग्रता लिएको छ । सो नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार जोगराज चौधरीले एक हजार ३३३, एमालेका उम्मेदवार ढुण्डिराम चौधरीले एक हजार ११ र माओवादीका वसन्तराज शर्माले एक हजार ४७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय लमहीले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा कांगे्रसका उम्मेदवार लक्ष्मी योगी, एक हजार ३६२, एमालेका सुनिता शर्माले एकहजार ४३ र माओवादीका गङ्गा पाण्डेले ७९४ मत प्राप्त गर्नुभएको छ । गढवा गाउँपालिकामा भने माओवादीका उम्मेदवारले अध्यक्षमा र उपाध्यक्षमा कांगे्रसका उम्मेदवारले अग्रता लिनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार माओवादीका उम्मेदवार यमनारायण पोख्रेलले ९१०,कांगे्रसका सर्वजीत डिसीले ९०० र एमालेका सहजराम यादवले ७७० मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा कांगे्रसका शारदा चौधरीले ८७५, एकीकृत समाजवादीका शान्ती चौधरीले ४९१ र एमालेका सीता चौधरीले ४९१ मत प्राप्त गर्नुभएको छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com