अमेरिकाको विसकन्सिनमा २१ जनामाथि गोली प्रहार, मेयरबाट कर्फयु आदेश


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

अमेरिकाको विसकन्सिनको मुल्हाकीमा शुक्रबार राती २१ जनामाथि गोली प्रहार भएको छ । तीनवटा घटनामा उनीहरु घाइते भएका हुन् ।

झण्डै ११ हजार व्यक्ति जम्मा भएर खेल हेरेको एरिनाबाट नजिकै भएको गोलीकाण्डमा १७ जना घाइते भएका छन् । घटनामा घाइते हुनेहरु १५ देखि ४७ बर्षसम्मका रहेका छन् ।

घटनामा कसैको पनि मृत्यु भएको छैन । सबै घाइतेहरु बाँच्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ । शुक्रबार राती ११ बजेर ९ मिनेटमा उक्त गोलीकाण्ड भएको हो ।

घटनासँग सम्बन्धित भएको आशंकामा १० जनालाई हिराशतमा लिइएको छ । उनीहरुमध्ये पनि ५ जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट ९ वटा बन्दुक बरामद गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घटनाभन्दा झण्डै २ घण्टा अगाडि डियर डिस्ट्रिक्टमा भएको अर्को गोलीकाण्डमा ३ जना घाइते भएका थिए । घाइते हुनेहरुमा २६ र २९ बर्षका २ जना पुरुषहरु र १६ बर्षकी एकजना टिनएजर रहेको जनाइएको छ । १९ बर्षका टिनएजरलाई हिराशतमा लिइएको छ ।

त्यस्तै राती साढे १० बजे भएको अर्को घटनामा एकजना २० बर्षका पुरुष घाइते भएका छन् । तर यो घटना अन्य घटनासँग असम्बन्धित देखिएको छ ।

घटनापछि मुल्हाकी सिटीका मेयरले कर्फयु आदेश जारी गरेका छन् । कर्फयु शनिबार राती ११ बजेदेखि आइतबार विहान साढे ५ बजेसम्म जारी रहनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com