जापानमा नेपाली पाठ्यक्रमको कक्षा ११ र १२ को पढाइ हुने


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा आज आयोजित सो विद्यालयको १०औँ अभिभावक दिवसका अवसरमा उक्त जानकारी दिइएको हो । मन्त्री पौडेलले जापानमा रहेका नेपालीहरुले अन्य क्षेत्रका साथै शिक्षा क्षेत्रमा पनि योगदान गर्दै आएकामा प्रशंसा गर्नुभयो । उहाँले एभरेष्ट स्कुलले विदेशमा रहेर नेपालको शिक्षा क्षेत्रमा थप योगदान दिई नेपाली विद्यार्थीका लागि थप सेवा दिन सकोस् भनी कामना गर्नुभयो ।

भौतिक र अनलाइन दुवै माध्यमबाट आयोजित सो कार्यक्रममा जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीले विद्यालयले निरन्तर प्रगति गर्दै नेपाली र विश्वस्तरका विद्यार्थीका लागि उदाहरणीय रूपमा गुणस्तरीय शिक्षा दिन सक्षम भएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल डा भुपालमान श्रेष्ठ र प्रदीप थापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गानालगायतको सहभागिता थियो ।

सो विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का १९ विद्यार्थीलाई जापानबाटै परीक्षा दिलाएको थियो । विद्यालयमा हाल नेपालका साथै भारत, जापान, संयुक्त राज्य अमेरिकाका गरी ३२५ विद्यार्थी छन् । यसमा अधिकांश नेपाली छन् । सो विद्यालयका अध्यक्ष भवन भट्टले विद्यालय गत वर्ष क्याम्ब्रिज इन्टरनेशन स्कुलको कोर्स सञ्चालनका लागि आबद्ध भएको र यस वर्ष जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रायलबाट पनि माध्यमिक विद्यालयका लागि मान्यता पाएको जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com