नयाँ दिल्ली आगलागी अपडेट : ज्यूदै जलेर २७ को मृत्यु , २९ बेपत्ता


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २७जनाको ज्यान गएको छ ।भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो ।

आगलागीपछि २९ जना अझै बेपत्ता रहेका छन् भने कैयन घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । भर्ना भएकाहरुको अवस्था कतिपयको गम्भीर रहेकाले यस दुर्घटनामा परेर ज्यान जानेको संख्या बढ्न सक्ने पनि अधिकारीहरुले जनाएका छन् ।सो भवन ठूलो थियो र कम्पनीका कार्यालयहरु पनि रहेका छन् ।

थप तस्वीरहरु: 

यहाँ कम्तीमा पनि २४ ओटा अग्निनियन्त्रक परिचालन गरिएको थियो ।

विद्युत सर्ट भएकाले आगो लागेको हुनसक्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । तर यसको कारणका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।भारतका राष्ट्रपति रामनाथ कोभिन्दले सो आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com