रुकुम त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी
प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार प्यानल विजयी भएका छन् ।
वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट प्यानल कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।
वली ५७७ मतले विजयी भएका हुन् । दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र प्यानलबाट महिला सदस्य ५३१, दलित महिला सदस्य ५३६, खुल्ला सदस्य ५०७ र खुल्ला सदस्यमा ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।






