स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो
प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार
;Kt/L b’O{j6f s]Gb|df dtbfg :yug ;Kt/L, #) j}zfv M ;Kt/Lsf] 8fs]Zj/L gu/kflnsf@ l:yt hgtf dflj xl//fxfdf /x]sf] b’Oj6f dtbfg s]Gdf tf]8kmf]8 ul/Psf] dtk]l6sf / Roft]/ 5l/Psf] dtkq . dtbfg ug]{ qmddf ljjfb pTkGg eO{ :yfgLojf;Ln] dtbfg clws[t ljlkg ofbjnfO{ s’6lk6 ug'{sf ;fy} tf]8kmf]8 ePkl5 lgjf{rg :ylut ePsf] 5 . tl:j/ M gfgLd}of s6jfn÷/f;;
यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ ।
निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो ।
हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल सङ्ख्यामा केही थपघट हुन पनि सक्नेछ । मतदान भएका अधिकांश पालिकामा मतगणना सुरु भइसकेको छ ।






