कञ्चनपुर लालझाडी–६ मा कांग्रेसको प्यानल नै विजयी


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ ।

लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित वडाध्यक्ष जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी बेलौरी नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार ८८३ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)का नगरप्रमुख पदका उम्मेदवार पोतिलाल चौधरीले ३८९, कांग्रेसका हरेन्द्रसिंह विष्टले २४९ र एमालेका कमला बोहराले २४५ मत प्राप्त गर्नुभएको छ । मतगणना भइरहेका अन्य पालिकाको मतपरिणाम आउन बाँकी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com