पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

???????? ????? ?????????-? ????????? ?????? ??????? ???????? ????? ????????? ????? ??????? ???????? ???????? ????? ???????? !

“काठमाडौँलगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही मतदान केन्दमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो ।” पर्यवेक्षणका लागि जिम्मेवारी पाएको एक संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधिले मतदानस्थलमा देखेको दृश्य हो यो ।

“विगतका निर्वाचन जस्तै यस निर्वाचनमा पनि अपाङ्गता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नु प¥यो । बाँकेको राँझास्थित आदर्श माविमा अपाङ्गता भएका मतदातालाई ह्विलचेयर लैजानबाट वञ्चित गरेको पाइयो”, इन्सेकले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ का क्रममा पर्यवेक्षणपछि आजै साँझ निर्वाचन आयोगलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, “अघिल्लो निर्वाचनका लागि मतदाता परिचयपत्र लिएका मतदाताको क्रम सङ्ख्या फरक हुँदा नाम खोज्न समय लागेको र यसले मतदान प्रक्रियामा ढिलासुस्ती भएको पाइयो । कतिपय मतदान केन्द्रमा मतदाता परिचय भए पनि मतदाता नामावली नाम नभएको पाइयो भने कतिपय स्थानमा मतदाता परिचयपत्र एउटा केन्द्रमा पुगेको र नाम अर्कै मतदान केन्द्रमा भएको पनि पाइयो ।”

आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरेका इन्सेकका २३४ जना पर्यवेक्षकले प्राप्त गरी ७५ जिल्लाका २५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेका थिए । इन्सेकका पर्यवेक्षकहरूबाट प्राप्त भएको जानकारीअनुसार आजको निर्वाचनमा छिटपुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लङ्घनका घटनाबाहेक शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

यो निर्वाचनले स्थानीय सरकारको निरन्तरताको सुनिश्चितता गरेको र आवधिक निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित र शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यतालाई सार्थक बनाएको सो संस्थाको बुझाइ छ । यो निर्वाचनमा देखिएको जनताको उत्साह, युवा पुस्ताको व्यापक र दरिलो सहभागिता, महिला तथा दलितको व्यापक प्रतिनिधित्व हुन पाउने अवस्थाले लोकतन्त्रको आधारस्तम्भलाई बलियो बनाउने नै छ । नयाँ संविधानद्वारा प्रदत्त अधिकारलाई जनताको घरदैलोमा पु¥याउन यो निर्वाचनले खेल्ने भूमिका महत्वपूर्ण हुने इन्सेकले जनााएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिवेदनमा मतदान प्रक्रियाका बारेमा मतदाता अलमलमा परेको र मतदान केन्द्रमा महिला र पुरुष मतदाताका लाइन अलगअलग गरिएको थियो भने ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका र बिरामी मतदातालाई सहजरूपमा मतदान गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

निर्वाचनका क्रममा महोत्तरीको बलवा नगरपालिकाको एक मतदानस्थलमा गोली चल्यो । मतदानका क्रममा बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउन्ड गोली प्रहार गरेको हो । काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ को कात्तिके देउरालीको प्रभा माविमा रहेको मतदान केन्द्रमा १० बजेतिर ब्याकपका लागि राखिएका मतपेटिका तोडफोड भएपछि मतदान प्रक्रिया अवरुद्ध भएको छ ।

पर्यवेक्षकहरूलाई मतदान केन्द्रको प्रवेशमा कुनै अवरोध खडा नभए पनि मतदानस्थलको अवलोकनमा भने सहजता महसुस नभएको, मतदान केन्द्रमा कर्मचारी र प्रहरीको व्यवहार मतदाता र पर्यवेक्षकहरूमाथि सम्मानजनक भएको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

“निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल र निर्वाचन आयोगले कुनै कसर बाँकी नरहेको बताइरहँदा आचारसंहिताको व्यापक उल्लङ्घन, एक अर्काप्रति आरोप–प्रत्यारोप तथा झडपका घटना अभिलेखित भए । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन सकेमा मात्रै निर्वाचनको महत्व बढ्छ”, प्रतिवेदनको निचोडमा भनिएको छ, “निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमी कमजोरी सच्याउन तथा उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्व अझ बढ्ने देखिन्छ । यसै वर्ष हुने प्रदेश र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व बोकेको निर्वाचन आयोगले यो र यसअघि सम्पन्न निर्वाचनबाट पाठ सिकेर कार्ययोजना बनाउनु श्रेयस्कर हो ।”

आचारसंहिता उल्लङ्घन उपर परेका उजुरीमा कारबाही भएको भरपर्दो सूचना थाहा नपाएका कारण आयोगले गर्ने कारबाही प्रक्रियाप्रति विश्वस्त हुन नसकेको र त्यस कारण पनि निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी नआएको जनाइएको छ । “भड्किलो प्रचारप्रसार, मौन अवधिमा भएका पैसाका चलखेल, भोजभतेर जस्ता कार्यहरू गरी मतदातालाई प्रभाव पार्ने कार्य भयो ।

यसले निर्वाचन महङ्गो हुँदै गएको र जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता राजनीतिक दलहरूमा विकास भएको आभास मिल्यो । निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमीकमजोरी सच्याउन तथा उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्व बढ्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ । निर्वाचन पर्यवेक्षणका लागि ६८ संस्थाका करिब पाँच हजार प्रतिनिधिले अनुमति पाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com