Follow @khasokhasmag

मतपेटिका लुटेर खेतैखेतै भागे स्थानीयवासीहरु


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो ।

तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com