संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा विन जायद अल(नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ ।
उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए । ‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल–नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ’, आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ ।
१९४८ मा जन्मेका शेख खलिफा यूएईका दोस्रो राष्ट्रपति तथा अबु धाबीका १६औँ शासक हुन्। उनी शेख जायेदका जेठा छोरा थिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।