अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो : निर्वाचन आयोग


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

पोखरा महानगरपालिका– १४, मझेरीपाटनस्थित रामेश्वरी माविमा स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्न वृद्धा अस्वस्थ महिलालाई बोकेर ल्याइँदै । तस्बिरः राधिका कँडेल÷रासस

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उहाँले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com