११३ वर्षीया वृद्धा भन्छिन,’आगामी चुनावमा पनि मतदान गर्ने इच्छा छ’


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गर्नुभएको छ ।

पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । विसं १९६६ भदौ ६ गते जन्मिनुभएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गर्नुभएको हो ।

मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताउनुभयो । मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुग्नुभएको थियो ।

यसैबीच जिल्लामा शान्तिपूर्णरुपमा मतदान प्रक्रिया चलिरहेको जनाइएको छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com