रुसले फिनल्याण्डलाई दियो धम्की, नेटोमा सामेल भए परिणाम भोग्नुपर्नेछ


प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार

फिनल्याण्डका नेताहरू नेटोमा सामेल हुन सहमत भएका छन्। बिहीबार, फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्री नेटोमा सामेल हुन आवेदन दिने पक्षमा आए। साथै, यो धेरै हदसम्म सम्भव छ कि स्वीडेनले पनि आगामी दिनहरूमा नेटोमा सामेल हुन आवेदन दिन सक्छ।

युक्रेनमा रुसले आक्रमण गरेको साढे दुई महिनाभन्दा बढी भइसकेको छ र त्यसको प्रभाव छिमेकी मुलुकमा ‘डर’का रूपमा देखिएको छ । छिमेकी राष्ट्रहरूले आफ्नो सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेका थिए र नेटोमा सामेल हुने कदम त्यसैको एउटा हिस्सा भएको मानिन्छ।

तर, यस विषयमा क्रेमलिनले कडा आपत्ति जनाएको छ । रुसबाट धम्कीपूर्ण प्रतिक्रिया आएको छ । रुसबाट चेतावनी दिँदै जवाफी कारबाही गर्न बाध्य पारिएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा फिनल्यान्डको यो कदमले द्विपक्षीय सम्बन्धलाई निश्चित रूपमा हानि पु-याउने बताएको छ । यससँगै उत्तरी युरोपको सुरक्षा र स्थिरताको अवस्था पनि प्रभावित हुनेछ ।

यसैबीच युक्रेनमा सुरु भएको युद्धमा रुसी सेनाले देशको पूर्वी भागमा व्यापक आक्रमण गरिरहेको छ । तर, यस अवधिमा युक्रेनले देशको उत्तर–पूर्वी भागका केही गाउँ र सहरहरू फिर्ता लिएको छ ।

बिहीबार फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र प्रधानमन्त्री सान्ना मारिनले उक्त देशले तत्काल नेटो सदस्यताका लागि आवेदन दिनुपर्ने घोषणा गरेका थिए। यसका लागि कुनै ढिलाइ हुनु हुँदैन। देशको संसदले यो निर्णयबारे विचार गर्न बाँकी रहे पनि राष्ट्रपति र प्रधानमन्त्रीको घोषणालाई महत्वपूर्ण मानिएको छ ।

फिनल्यान्डले रुससँग १३०० किलोमिटरको सीमा जोडेको छ। अहिलेसम्म फिनल्यान्डले नाटोसँग दूरी कायम राखेको छ तर युक्रेन युद्धपछि यो ऐतिहासिक कदमतर्फ अघि बढिरहेको छ । नेटोमा सामेल हुने अन्तिम निर्णय आइतवार घोषणा हुने अपेक्षा गरिएको छ। स्वीडेनले पनि आइतबार नै अन्तिम निर्णय दिने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com