श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले दिएको चेतावनीले बढ्यो चिन्ता


प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार

श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले मे ११ मा राजनीतिक स्थायित्व तुरुन्तै पुनस्र्थापित गरिएन र संकटग्रस्त श्रीलङ्कालाई चलायमान गराउनका लागि नयाँ सरकार नियुक्त गरिएन भने अर्थतन्त्र ‘पूर्ण रूपमा ध्वस्त’ हुने चेतावनी दिएका छन् । अङ्ग्रेजी पत्रिका द हिन्दूले यो समाचारलाई प्रमुख स्थान दिएको छ ।

कोलम्बोमा सञ्चारमाध्यमसँग कुरा गर्दै श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुख नन्दलाल वीरासिङ्घेले भने, ‘यदि आगामी दुई दिनमा सरकार गठन भएन भने अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त हुनेछ र यसलाई कसैले बचाउन सक्नेछैन ।’ नन्दलाल वीरासिङ्घे एक महिनाअघि मात्रै केन्द्रीय बैंकको प्रमुख बनेका थिए ।

वीरासिङ्घेको भनाइले श्रीलङ्काको अर्थतन्त्रको दयनीय अवस्था देखाउँछ । विगत दुई वर्षदेखि ऋण तिर्न नसक्दा डलरको सञ्चिति घटेपछि अहिले मुलुकको अर्थतन्त्र धरासायी भएको छ । यो साता देशमा हिंसात्मक झडप पनि भयो । पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थकहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि आक्रमण गरेपछि यी झडप सुरु भएको हो ।

यससँगै महिन्दा राजापाक्षेले पनि प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि संविधानअनुसार अब मन्त्रिपरिषद् पनि विघटन भएको छ । अब राष्ट्रपति गोटाबाया राजापाक्षे मात्रै उनको पदमा रहन्छन् र उनको नेतृत्वमा कुनै पनि विपक्षी दल बिना शर्त काम गर्न तयार छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दलहरू, नागरिक समाज र विद्यार्थी संगठनहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा र कार्यवाहक राष्ट्रपतिको खारेजलगायतका केही प्रस्ताव राखेका छन् ।
एकातिर नेतृत्व अन्योलमा फसेको बेला अर्कातिर खाद्यान्न, इन्धन र खाना पकाउने ग्यासको अभावमा पिडित नागरिकहरु पिरोलिरहेका छन् । राजापक्षे समर्थक भीडको आक्रमण र आक्रोशित नागरिकको जवाफी हमलाले हिंसामा वृद्धि हुने आशंका बढाएको छ ।

हिंसात्मक झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । देशभरि व्यापक जवाफी हमला अन्तर्गत अराजक तत्वले सरकारी सदस्यसँग सम्बन्धित करिब सयभन्दा बढी भवनमा आगलागी गरेका छन् र दर्जन बढी यातायातका साधनमाथि पनि आगजनी गरेका छन् ।

यसैबीच, महिन्दा राजापाक्षेलाई उनको आधिकारिक निवास टेम्पल ट्रीजबाट सुरक्षित रूपमा बाहिर निकालेर पूर्वी बन्दरगाह सहर त्रिन्कोमाली लगिएको छ । रक्षा मन्त्रालयका सचिव कमल गुणरत्नेले सो जानकारी दिए । उनले महिन्दा राजापाक्षेलाई मे १० मा त्यहाँ लगिएको र सुरक्षाका कारण केही दिन त्यहाँ बस्ने बताए ।-एजेन्सी

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com