८ महिना अगाडि अमेरिका आएका १९ बर्षका सन्दीप तामाङको मिनिसोटा दुर्घटनामा मृत्यु


प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार

अमेरिकाको वेष्टर्न मिनेसोटामा भएको कार दुर्घटनामा १९ बर्षका नेपाली सन्दीप तामाङको मृत्यु भएको छ । सोमबार बेलुका क्ले काउन्टीको हाईवे १० र १७० स्ट्रीट नर्थको इन्टरसेक्सनमा ६ बज्नलाग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

फर्गोबाट झण्डै १५ माइल पूर्वमा उक्त दुर्घटना भएको हो । तामाङ मिनिसोटाको मुरहेडमा बस्दै आएको जनाइएको छ । तामाङले हाइवेमा पश्चिमतिर जाने लेन क्रस गर्न खोज्दा ड्राइभरतिरको साइडमा अर्को गाडीमा ठोक्किएको थियो ।

दुर्घटना अगाडि तामाङले १७० स्ट्रीटको रोक्ने सिग्नलमा आफ्नो गाडी केहीबेर रोकेका थिए । तामाङले अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा अध्ययन गर्दै आएका थिए ।

तामाङ गत अगस्तमा मात्र अमेरिका आएका हुन् । उनी मिनिसोटा स्टेट कम्युनिटी एण्ड टेक्निकल कलेजमा अध्ययन गरिरहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको शव नेपाल पठाउनका लागि अहिले गोफण्डमीमा अभियान सुरु गरिएको छ । शव नेपाल पठाउन र बाँकी रकम परिवारको सहयोगका लागि अभियान चलाइएको हो ।

२० हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा अहिलेसम्म ११ हजार डलर संकलन भइसकेको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

गत सातामात्र अमेरिकाको न्यूजर्सीमा मोटरसाइकल दुर्घटनामा नेपाली युवा २९ बर्षका का पृथ्बी लम्सालको निधन भएको थियो । दुर्घटनामा घाइते लम्साललाई उपचारका लागि कुपर हस्पिटल ट्रामा सेन्टरमा लगिएपनि उपचारकै क्रममा निधन भएको थियो ।

लम्साल मासाचुसेट्सको नर्थ इस्टर्न युनिभर्सिटीबाट ग्रयाजुएट भएर कामको सिलसिलामा विगत एक डेढ बर्ष देखि भर्जिनिया बस्दै आएका थिए । न्युयोर्कमा साथीलाई भेटेर भर्जिनिया फर्कने क्रममा दुर्घटना भएको थियो ।

उनको शव नेपाल पठाउन र परिवारको सहयोगका लागि गोफण्डमीमा झण्डै ५८ हजार डलर संकलन भइसकेको छ ।

स्वर्गीय लम्साल बिगत लामो समय देखि बोस्टनमा बसेर बोस्टन लोक सुसेली समूहमा रही समाजमा योगदान दिदै आएका टंक लम्सालका छोरा हुन् । टंक लम्साल पारिवारिक कारणले गर्दा नेपाल फर्केका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com