न्युयोर्कमा नेपालीको औषत आम्दानी झण्डै २६ हजार डलर, चाइनिज र जापानिजको भन्दा बढी


प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार

न्युयोर्कको मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीको औषत आम्दानी झण्डै २६ हजार डलर रहेको एसियन अमेरिकन फेडेरेशनको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट अनुशार नेपालीको औषत बार्षिक आम्दानी २५ हजार ८ सय ९६ डलर रहेको छ ।

नेपालीहरुको बार्षिक औषत आम्दानी चाइनिज र जापानिजको भन्दा बढी रहेको छ । चाइनिजको औषत २१ हजार २ सय ७५ डलर र जापानिजको २४ हजार ८ सय ६० डलर रहेको छ । फिलिपिनोहरुको १६ हजार ५ सय ७३ डलर रहेको छ ।

बंगालादेशीहरुको पनि नेपालीहरुको भन्दा कम २३ हजार ८ सय २४ डलर रहेको छ । ताइवानिजको १५ हजार ५ सय ३८ र सबैभन्दा कम थाईहरुको १५ हजार १ सय ९६ रहेको छ ।

सबैभन्दा धेरै औषत आम्दानी भारतीयहरुको ३१ हजार ७५ डलर रहेको छ । त्यसपछि भियतनामीहरुको २९ हजार ७६ डलर र कोरियनको २६ हजार ७ सय ६७ रहेको छ । पाकिस्तानीहरुको २६ हजार ५ सय ३१ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com