डब्ल्यूएचओका प्रमुखले दिएको बयानलाई चिनियाँ सोसल मिडियाबाट किन हटाइयो ?


प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोम गेब्रियाससले चीनको कोरोनाका लागि अपनाइरहेको ‘शून्य सहनशीलता’ नीति टिकाउ नभएको बताएका थिए । यो कुरा संयुक्त राष्ट्रको विबो अकाउन्टमा सेयर गरिएको थियो तर विबोले अहिले डब्ल्यूएचओ प्रमुखको यो बयानलाई हटाएको छ ।

चिनियाँ सोशल मिडिया प्लेटफर्म विबोमा यो बयान सेयर गरेलगत्तै बुधबार बिहानै यसलाई हटाइयो । समाचार एजेन्सी रोयटर्सले यसबारे जानकारी दिएको हो ।

यति मात्र होइन, अर्को चिनियाँ सोशल मिडिया प्लेटफर्म विच्याटले संयुक्त राष्ट्रको अकाउन्टबाट यसै खालको पोस्टको सेयर फिचर हटाएको छ ।
मंगलबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले भने, ‘भाइरसको व्यवहारलाई हेर्दा चीनको यो नीति दिगो छ भन्ने हामीलाई लाग्दैन, हामीले अहिले जे जति अनुमान लगाइरहेका छौँ त्यस अनुसार यो टिकाऊ लाग्दैन । ’

उता सांघाईमा बढ्दो कोरोना संक्रमित ध्यानमा राख्दै लकडाउनलाई थप कडाइ गरिएको छ । लकडाउन आउँदो केही साताका लागि कडा नियमका साथ लागू हुनेछ ।
नयाँ नियम अनुसार खाद्यान्नको व्यावसायिक डेलिभरीमा प्रतिबन्ध लगाइएको छ र अस्पतालमा आकस्मिक केसलाई मात्रै पहिला हेरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसको वरिपरि कोभिड–१९ का बिरामी छन् उनीहरुलाई जबर्जस्ती उनीहरुको घरबाट निकालेर सरकारी क्वारेन्टिन केन्द्रमा राखिएको जानकारी दिइएको छ ।

सांघाईमा विगत सात महिनादेखि कडा लकडाउन गरिएको छ ।

कोरोना संक्रमितमा पहिला देखिएको संख्याको तुलनामा अहिले संक्रमित निकै कम छन् तर अधिकारी अहिलेसम्म ‘सोसाइटल जिरो’ को लक्ष्य हासिल गर्न सक्षम भएका छैनन् त्यसैले यसैका लागि यहाँ कडा लकडाउन लागू गरिएको छ ।

सोसाइटल जिरोको अर्थ सरकारी क्वारेन्टिन सुविधाबाहेक शहरमा कोरोनाका एकजना पनि नयाँ संक्रमित नहुन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com