यमनमा युद्धविराम सुरु भएदेखि सर्वसाधारणको मृत्यु आधा घट्यो


प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार

युद्धग्रस्त यमनमा अप्रिलको शुरुमा दुई महिनाको युद्धविराम लागू भएदेखि नागरिकको मृत्यु हुनेको संख्या ५० प्रतिशतले घटेको सहायता समूह नर्वेजियन शरणार्थी परिषद (एनआरसी) ले बुधबार जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघले संसारको सबैभन्दा खराब मानवीय संकटको रूपमा वर्णन गरेको कुरालाई कम गर्न खाना, आश्रय र अन्य आवश्यकताहरू (एनआरसी) ले उपलब्ध गराउँदै आएको छ । मार्चमा २१३ नागरिक हताहत भएको थियो भने अप्रिलमा ९८ मा झरेर थियो ।

‘आंकडाहरूले युद्धविरामबाट हुने फाइदाको स्पष्ट प्रमाण दिन्छ, गत महिनामा, कैयौ परिवारका सदस्यहरु अर्थहीन हिसाबबाट गुमाउनबाट जोगिएका थिए, एनआरसीको यमनका निर्देशक एरिन हचिन्सनले एक विज्ञप्तिमा बताउनु भएको छ ।

“यमनी जनता र उनीहरूको भविष्यको लागि, हामी आशा गर्छौं कि द्वन्द्वका पक्षहरूले युद्धविराम विस्तार गर्नेछन्।“यमन द्वन्द्वले इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी नेतृत्वको सैन्य गठबन्धनद्वारा समर्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई खडा गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसले लाखौं मानिसहरूको ज्यान लियो र अरब संसारको सबैभन्दा गरीब देशलाई अनिकालको छेउमा धकेल्यो । तर अप्रिल २ मा लागू भएको नवीकरणीय दुई महिनाको युद्धविरामले देशको अधिकांश भागमा हिंसाबाट सताएको देशलाई राहत प्रदान गरेको छ ।

एनआरसीले हवाई हमला र गोलीबारीबाट मारिने वा घाइते हुनेहरूको संख्यामा “उल्लेखनीय कमी“ भएको बताएको छ । यद्यपि, यसले हिंसामा तीव्र कमी आए पनि बारुदी सुरंग र विस्फोटन नगरिएका हातहतियारबाट हुने हताहतीको संख्या उस्तै वा बढी रहेको बताइन्छ ।

“हामी युद्धरत पक्षहरूलाई आफ्ना प्रतिबद्धताहरू पालन गर्न र यस द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नको लागि आग्रह गर्दछौं, जसले हजारौंलाई मारेको र अपाङ्ग गरिसकेको छ, र लाखौंलाई आफ्नो जीविकोपार्जनबाट वञ्चित गरेको छ,“ हचिन्सनले भन्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com