चुनावको दिन शुक्रबार कसरी विमानस्थलबाट आवतजावत गर्ने ?


प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार

बैशाख ३० शुक्रबार चुनावको दिन निजी र सार्वजनिक यातायात बन्द रहनेछन् । मध्यरातदेखि सुरु भएको यातायात बन्द २४ घण्टासम्म जारी रहनेछ ।

यो अवस्थामा कसैलाई विमानस्थल जानुपरेमा र विमानस्थलबाट घरमा आउनुपरेमा कसरी आउने ? यो अवस्थामा नेपाल पर्यटन बोर्ड र पर्यटन प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवातजावतका लागि हरियो नम्बर प्लेटको पर्यटकीय सवारी साधन प्रयोग गर्न विशेष छुट मागेको छ ।

विमानस्थलबाट निश्चित होटलहरुसम्म जानका लागि प्रतिव्यक्ति ३ सय रुपैया लिएर शटल बस सेवा उपलब्ध रहेको छ । जसका लागि विभिन्न ३ वटा रुटको व्यवस्था रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो रुट विमानस्थलबाट नेपाल एयरलाइन्स, अन्नपूर्ण होटल, याक एण्ड यति होटल, ठमेल चोक, लैनचौर, शंकर होटल, एम्बासडर होटल हुँदै विमानस्थलसम्म रहेको छ । दोश्रो रुट विमानस्थलबाट होटल र्याडिसन, शांग्रिला होटल, नारायण गोपाल चोक, महाराजगञ्ज चोक, हायत होटल, चाबहिल चोक, द्वारिका होटलहुँदै विमानस्थल रहेको छ ।

तेश्रो रुट विमानस्थलबाट तिनकुने चोक, एभरेष्ट होटल, माइतिघर चोक, होटल हिमालय, शोल्टी होटल, ग्राण्ड होटलहुँदै विमानस्थलसम्म रहेको छ । यो रुटमा चल्ने शटल सेवा प्रयोग गरेर विमानस्थल आवतजावत गर्न सकिनेछ ।

थप जानकारी आवश्यक परेमा नेपाल पर्यटक यातायात व्यवसायी संघमा भरत प्रसाद तिमिल्सिनालाई ९८५१२३७३०२ र केदारनाथ कट्टेललाई ९८५१०७७४६८ मा सम्पर्क गर्न सकिन्छ । त्यस्तै पर्यटक बस संघका मिलन नेपाललाई ९८५११४८०५७ र प्रल्हाद लोहनीलाई ९८५१०९३९९८ मा सम्पर्क गर्न सकिनेछ ।

चुनावको दिनमा आन्तरिक उडान बन्द रहनेछ भने यात्रुहरुले पासपोर्ट, भिसा, हवाई टिकटका आधारमा शटल बस चढ्न पाउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com