अल जजिरा पत्रकारको वेस्ट बैंकमा इजरायली सेनाद्वारा गोली हानी हत्या


प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार

 

जेरुसेलम: अल-जजीराका पत्रकार शिरिन अबु अक्लेहको बुधबार बिहान वेस्ट बैंकमा गोली हानी घाइते भएपछि मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भनेको छ, शिरिन अबु अक्लेहको अनुहारमा गोली लागेको थियो र केही समयपछि उनको मृत्यु भयो। जेरुसेलमको अल-कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार पनि गोलीबारीमा घाइते भए, तर उनको अवस्था स्थिर छ।

उत्तरी वेस्ट बैंकको जेनिन सहरमा इजरायली सैन्य कारबाहीका क्रममा गोलीबारी भएको हो। पाकिस्तानी पत्रकार हमिद मिरले शिरिनको मृत्युमा शोक व्यक्त गर्दै इजरायलको कडा आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘टाउकोमा गोली लागेको छ । इजरायली सैनिकहरूले अर्को पत्रकारलाई मौन बनाए, तर तिनीहरूले शिरिनको कथालाई रोक्न सकेनन्। संयुक्त राष्ट्र संघले यस विषयमा छानबिन गरोस्, जसले गर्दा पत्रकारको हत्या कुन स्नाइपरले गरेको हो भन्ने पत्ता लागोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुलेट प्रुफ ज्याकेट
अल जजीराका पत्रकार निदा इब्राहिमले शिरिनको मृत्युको भिडियोमा उनको टाउकोमा गोली लागेको देख्न सकिन्छ, रुँदै उनले आफू सन् २००० देखि अलजजीरा लागि काम गर्ने सम्मानित पत्रकार भएको बताइन् । गोली प्रहार गर्दा उनले बुलेट प्रुफ ज्याकेट र प्रेस लेखिएको ज्याकेट लगाएकी थिइन ।

इजरायलले जवाफी फायरिङ गरेको

इजरायलको सेनाले भने , उनीमाथि जेनिनमा भारी गोली र विस्फोटक पदार्थले हमला गरिएको थियो, जसको जवाफमा उसले गोली चलाएको थियो। घटनाको अनुसन्धान भइरहेको छ । रामल्लाहमा अल जजीराका ब्यूरो प्रमुख वालिद अल(ओमारीले भने, म त्यो समयमा त्यही थिए, त्यहाँ प्यालेस्टिनीहरूले गोली हानेका थिएनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com