ट्वीटर किन्ने योजना सफल भए ट्रम्पमाथिको प्रतिबन्ध हटाउने एलन मस्कको घोषणा


प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार

ट्वीटर किन्ने योजना सफल भएको खण्डमा डोनाल्ड ट्रम्पलाई ट्वीटरमा लगाइएको प्रतिबन्ध हटाइने एलन मस्कले बताएका छन् । ट्रम्पलाई प्रतिबन्ध लगाउने निर्णय नैतिक रुपमा अत्यन्तै खराब रहेको र मुर्खतापूर्ण रहेको उनको भनाई छ ।

सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकहरुले क्यापिटल हिलमा दंगा मच्याएपछि ट्वीटरले ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो । ट्रम्पले हिंशा भड्काएको र थप हिंशा भड्काउने जोखिम रहेको भन्दै ट्वीटरले प्रतिबन्ध लगाएको थियो ।

मस्कले भनेका छन् – ‘ट्रम्पमाथि प्रतिबन्ध लगाउनु सही थिएन । यस्तो निर्णय गर्नु ट्वीटरको गल्ती थियो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले भने आफ्नै सामाजिक सञ्जाल टु्रथ सोसल स्थापना गरेका छन् । प्रतिबन्ध हटेपनि आफु ट्वीटरमा नफर्कने घोषणा ट्रम्पले गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com