एटलान्टामा हुने अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा सहभागीहुँदै पहिलोपल्ट नेपाली (भिडियो)


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका नेपाली मूलका रूप कार्की अमेरिकाको एटलान्टामा हुने अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा सहभागिताका लागि छनौट भएका छन् । नेपाली मूलका खेलाडी उक्त खेलमा सहभागी र छनौट हुने कार्की ईतिहास मै पहिलो नेपाली हुन् ।

अमेरिकाको अहिले सम्म को इतिहास हेर्दा भारत्तोलन प्रतियोगितामा यस्ता प्रतियोगितामा कार्की बाहेक कुनै पनि नेपालीले सहभागीता जनाएको नदेखिएको कार्कीको दावी छ । नामांकन गर्न मात्र १३ सय पौण्ड वजन उठाएको हुनु पर्ने भएकोले कार्कीले त्यति वजन उठाएकोले उनलाई आमन्त्रण गरिएको हो । उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता नोवेम्बर १७ देखि १९ सम्म हुने छ ।

इन्टरनेसनल पावर लिफ्टिंग लिग नामक प्रतियोगितामा करिव ३ सय प्रतिस्पर्धीको सहभगिता हुनेछ । कार्कीले आफु नेपाल र नेपालीको नाम र पहिचानका लागि कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् । कार्कीले २ सय २० पौन्ड तौल समुहमा सहभागिता जनाउने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्कीले बिगतमा युनाईटेड स्टेट पावरलिफ्टिंग एसोसिएसन भारत्तोलन प्रतियोगितामा २ सय २० पौण्डको तौल समूहमा जम्मा १ हजार ३ सय ६२ पाउण्ड वजन उठाएर उत्कृष्ट भारोत्तोलक भएका थिए । उनले ड्रग टेस्टटेड उक्त खेलमा गरेको उत्कृष्ठ प्रदर्शनले नेपाल र नेपालीको नाम उच्च राख्न सफल भएका थिए ।

उनले गत अप्रिल १ तारिख ,भर्जिनिया फेयर फ्याक्समा भएको प्रतिस्पर्धामा सम्पूर्ण अमेरिकाबाट आएका खेलाडीहरुलाई उछिनेका थिए । उनले गत बर्ष डिसेम्बरमा भर्जिनियाको हे मार्केट नामक शहरमा भएको भर्जिनिया राज्यको प्रतियोगितामा २४२ पाउण्ड समुहमा ड्रग नन टेस्टटेड खेलमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com