रिजउड नेपाली समाजमा कोइराला, पदको सपथ ग्रहण


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

न्युयोर्कको चर्चित नेपाली संस्था रिजउड नेपाली समाजमा नवनिर्वाचित पदाधिकारीहरुले पदको सपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष रवि किरण कोइरालासहित उपाध्यक्ष राजेश भट्ट, सचिव भुवनेश्वर अधिकारी, कोषाध्यक्ष तुल्सीराम आचार्य, सदस्यहरु रञ्जित मल्ल ठकुरी, राजेश सापकोटा, कमलादेवी निरौला, धनेश लामिछाने र जगन्नाथ पराजुलीले सपथग्रहण गरेका हुन् । निर्वाचन अधिकृत उद्धव शास्त्रीले उनीहरुलाई एक कार्यक्रमकाबीच सपथग्रहण गराएका हुन् । निर्वाचन समितिमा सुशिल भुसाल समेत थिए ।

आइतवार विहान ९ बजेदेखि राती ११ बजेसम्म भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार शहकुल खत्रीलाई १७ मतले पछि पार्दै अध्यक्षमा रवि किरण कोइराला निर्वाचित भएका थिए । कोइरालाले २१५ प्राप्त गरेका थिए भने खत्रीले १८८ मत प्राप्त गरेका थिए । कुल ४४३ मत खसेकोमा ९ मत सम्पूर्णरुपमा बदर भएका थिए भने अध्यक्ष पदका लागिमात्र २१ वटामत बदर भएका थिए । अध्यक्षपदमा मात्र बदर भएका मतमा सचिव, कोषाध्यक्ष लगायत अन्य पदका मत भने गनिएको थियो ।

अध्यक्ष पदमा बदर भएका र अन्य पदमा गनिएका अधिकांश मतमा सहकुल खत्रीको प्यानलमा मतदान भएकाले खत्री पक्षले सहकुल पक्षका मतहरु बदर भएको दावी गरेको छ । तर कुन व्यक्तिलाई हालेको हो स्पष्ट चिन्न नसकिने अवस्था भएकाले मत बदर गर्नुपरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित कार्यसमितिमा अधिकांश पदाधिकारीहरु सहकुल खत्री पक्षधरहरु छन् । उपाध्यक्षमा सहकुल पक्षधर राजेश भट्ट निर्विरोध भएका थिए भने सचिवमा सहकुल पक्षधर भुवनेश्वर अधिकारी, कोषाध्यक्षमा पनि सहकुल पक्षधर तुल्सीराम आचार्य र सदस्यहरुमा सहकुल पक्षधर रञ्जित मल्ल ठकुरी, धनेश लामिछाने र जगन्नाथ पराजुली निर्वाचित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूरै कार्यसमितिमा रविकिरण कोइराला पक्षधर भने दुईजनामात्र सदस्यमा निर्वाचित भएका छन् । कोइराला पक्षधर राजेश सापकोटा र कमलादेवी निरौला सदस्यमा निर्वाचित भएका हुन् । सहमतिको प्रयास सफल नभएपछि रिजउड नेपाली समाजमा पहिलो पटक निर्वाचन गराउनुपरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com