बागी उम्मेदवारका कारण पार्टी पराजित भए, कसैलाई छुट हुदैन: प्रधानमन्त्री देउवा


प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार

k|d b]pjf r’gfjL ;ef ;Daf]wg wgu9L,@^ j}zfvM k|wfgdGqL Pj+ g]kfnL sf+u|];sf ;efklt z]/axfb’/ b]pjf kfFrbnLo u7aGwgsf tkm{af6 r’gfjL cfd;efnfO{ s}nfnLsf] wgu9Ldf ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताउनुभएको छ ।

धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताउनुभएको हो ।

चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले वर्तमान संविधानले जथाभावीरुपमा संसद् विघटन गर्ने प्रावधान प्रधानमन्त्रीलाई नदिएको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकारण संसद् विघटन गर्दा आफूसहित नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तत्कालीन नेता माधव नेपालले विरोध गरेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो ‘‘संसद् भङ्ग गर्ने एमालेले संसद् पुनःस्थापित हुँदा पनि चल्न दिएको छैन, चुनाव जितेमा ओलीजीले फेरि त्यही काम गर्ने हुन्, त्यसैले आगामी सबै निर्वाचनहरु गठबन्धनले नै जित्नुपर्छ ।’’

देउवाले सुदूरपश्चिम प्रदेश आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सुदूरपश्चिमकै कारण आफू देशको प्रधानमन्त्री भएको बताउनुभयो ।

देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले सक्दो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुटिया—दिपायल—बझाङसम्मको सडक, कर्णाली नदी किनारै किनार हुँदै अछाम जोड्ने सडक, निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले विकासका लागि सुदूरपश्चिम प्रदेशलाई पहिलो प्राथमिकता दिएर आफूले काम गर्नेसमेत बताउनुभयो ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरुले देशलाई दुर्घटना हुनबाट जोगाएको बताउँदै यही गठबन्धनमार्फत् मुलुकमा स्थायीत्व कामय राख्दै नयाँ युगको सुरुआत गरिने बताउनुभयो ।

उहाँले अहिलेको गठबन्धन दलका शीर्ष नेताहरुबीच विवाद र असमझदारी सिर्जना गरेर गबन्धनलाई विभाजित गर्ने षडयन्त्र गर्ने तत्व सक्रिय रहेकोले सचेत हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि र जनताका अधिकारको रक्षाका लागि गठबन्धन बनेको बताउँदै आउने चुनावमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष प्रमेश हमालले नेकपा एमाले सर्वसत्तावादी चिन्तन बोकेर अगाडि बढ्दा देशमा समस्या आएको आरोप लगाउनुभयो ।

सभामा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आराजु राणा देउवा, धनगढी उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य दीर्घ सोडारीलगायतका वक्ताले गठबन्धनका उम्मेदवाहरुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।

उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी नृपबहादुर वडलाई समर्थन गर्नुभएका प्रमुखका स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टलाई कांग्रेस सभापति देउवाले स्वागत गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com