पाकिस्तानी सांसद आमिरमाथि ३१ वर्ष कान्छी श्रीमतीले लगाइन् गम्भीर आरोप (भिडियो)


प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार

पाकिस्तानको राष्ट्रिय सभाका सदस्य तथा चर्चित टिभी व्यक्तित्व आमिर लियाकतको तेस्रो विवाह पनि धेरै समय टिक्न सकेन । ४९ वर्षीय लियाकतले यही वर्ष फेब्रुअरीमा १८ वर्षीया सैयदा दानिया शाहसँग विवाह गरेका थिए । तर, अब दानिया शाहले लियाकतसँग सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी छिन् ।

दानिया शाहले लियाकतमाथि घरेलु हिंसाको आरोप लगाउँदै विवाह खारेज गर्न अदालतसँग माग गरेकी छन् । आमिर लियाकत इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफका सदस्य हुन् ।

दानिया शाहले आफ्नो इन्स्टाग्राममा आमिर लियाकतसँग अलग भएको पुष्टि गर्दै आफू अदालत गएको बताएकी छिन् । उनले आफ्नो भिडियोमा यसबारे मिडियाले थप जानकारी पाउने बताएकी छिन् ।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै दानियाले आमिर लियाकतले आफूमाथि अत्यन्तै निर्दयी व्यवहार गरेको आरोप लगाइन् । ‘उनले मलाई तीन–चार दिनसम्म कोठामा थुनेर राखे । उनले मलाई समयमा खान पनि दिएनन्,’ उनले भनिन् । आमिर लियाकतले आफूलाई गोली हान्न धम्की मात्र नदिई घाँटी थिचेर हत्या गरेकोसमेत उनले आरोप लगाइन् ।
उनले भनिन्, ‘यदि मलाई, मेरो भाइ वा मेरो परिवारलाई केही भयो भने आमिर लियाकत जिम्मेवार हुनेछन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवाह तोडेको भन्ने दाबीमा के छ ?

दानिया शाहले आमिर लियाकतमाथि मादक पदार्थ सेवन गरेको, प्रताडित गरेको र जबर्जस्ती अश्लील भिडियो बनाएको आरोप लगाउँदै उनीविरुद्ध दाइजो र भरण–पोषणको दाबी पनि दर्ता गरेकी थिइन् ।

सामाजिक सञ्जालमा शेयर भइरहेको दस्तावेजका अनुसार दानिया शाहले आमिर लियाकतसँग मासिक एक लाख भारुको माग गरेकी छिन् । यसबाहेक उनले ११ करोडको घर र गाडीको पनि माग राखेकी छिन् ।

जियो न्यूजका अनुसार दानिया शाहले पीटीआई सांसदले उनलाई सानो कोठामा थुन्थे र रक्सी खाएर कुटपिट गर्ने गरेको आरोप लगाएकी छिन् । दानियाले आमिरले आफू र आफ्नो परिवारलाई धम्की दिएको आरोप पनि लगाएकी छिन् । दानिया शाहले आमिर लियाकतलाई ‘शैतानभन्दा खराब’ बताएकी छिन् ।

दानियाको याचिकामा जुन ७ मा अदालतमा सुनुवाइ हुनेछ ।
दानियाले लगाएको आरोपको जवाफमा अमिर लियाकत हुसैनले ट्वीटरमा आफ्नो प्रतिक्रियामा आफूमाथि लागेको आरोप झुटो भएको बताएका छन् ।
यी दुई छुट्टिएपछि पाकिस्तानमा फेरि एकपटक बहस सुरु भएको छ । सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले आमिर लियाकतलाई गलत बताइरहेका छन् भने कतिपयले आमिर लियाकतको सत्यता बुझेर पनि दानिया शाहले पैसाका लागि उनीसँग विवाह गरेको भनिरहेका छन् ।

यही वर्षको फेब्रुअरीमा भएको थियो विवाहः

४९ वर्षीय राजनीतिज्ञ तथा सांसद अमिर लियाकत हुसैनले फेब्रुअरीमा ट्वीटरमा आफूले १८ वर्षीया सैयदा दानियासँग विवाह गरेको र यो उनको तेस्रो विवाह भएको बताए । दुवैको उमेरमा करिब ३१ वर्षको अन्तर छ ।

लियाकत हुसैनले आफूले दक्षिण पञ्जाबको लोधरानमा बस्ने सआदत परिवारकी सय्यदा दानिया शाहसँग विवाह गरेको बताएका थिए । उनको उमेर १८ वर्ष भएकोसमेत उनले उल्लेख गरेका थिए ।

त्यसबेला लियाकतकी दोस्रो पत्नी सैयदा तूबा अनवरले उनीहरुको सम्बन्धविच्छेदको बारेमा मानिसहरूलाई जानकारी गराएकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘भारी मनका साथ, म मेरो जीवनमा आएको परिवर्तन बारे जानकारी दिन चाहन्छु । मेरो परिवार र नजिकका साथीहरूलाई थाहा छ कि १४ महिना टाढा रहेपछि यो स्पष्ट भयो कि मेलमिलापको कुनै आशा छैन र मैले विकल्प रोज्नु पर्यो ।’

तूबा अनवरले यो पोस्टमा लेखेकी छिन्, ‘यो कति गाह्रो थियो म भन्न सक्दिनँ । अल्लाहमाथि विश्वास राख्छु । म सबैलाई यो कठिन समयमा मेरो निर्णयको सम्मान गर्न अपिल गर्दछु ।’यी दुईको विवाह सन् २०१८ मा भएको थियो । लियाकतकी जेठी श्रीमतीले पनि उनलाई फोनमा डिभोर्स दिएको आरोप लगाएकी थिइन् –बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com