पाकिस्तानमा भाइले गोली हानी गरे दिदीको हत्या, यस्तो छ कारण


प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार

पाकिस्तानको पञ्जाब प्रान्तको ओकरामा एक युवा फेसन मोडल सिदरा खालिदको हत्या उनका भाइ हमजा खालिदले गरेका छन् । हमजामाथि अनर किलिङको नाममा सिदरालाई गोली हानेको आरोप छ ।

ओकराको रेनाला सिटीको एसएचओ इन्स्पेक्टर जावेद खानले भने, ‘सिदरा खालिदलाई मोडलिङमा असाध्यै रुची थियो । उनी ओकरास्थित आफ्नो घर आएकी थिइन् । इदपछि उनी काममा फर्किने तयारीमा थिइन्, यो विषयमा परिवारका सदस्यले आपत्ति जताएका थिए ।’

सिदराको हत्याको कारणबारे इन्सपेक्टर जावेदले भने, ‘उनीमाथि परिवारको तर्फबाट मोडलिङ छोड्नका लागि निकै दबाब थियो र हत्याको कारण पनि यही थियो । सिदरा खालिदकी आमाको उजुरीपछि एफआइआर दर्ता गरिएको छ ।

२२ वर्षकी सिदरा खालिदले स्नातक तहसम्मको पढाई पूरा गरेकी थिइन् । परिवारमा उनका तीन अन्य दिदी र भाइ छन् । प्रहरीका अनुसार चार दिदीका एक्ला भाइ, २० वर्षका हमजाले दिदीको हत्या गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्स्पेक्टर जावेद खानले भने, ‘सिदराका परिवारका सदस्यले उनलाई मोडलिङ छोडेर घरमा बस्न भनिरहेका थिए तर उनी मोडलिङ नै गर्न चाहन्थिन् । यहि कुरामा भाइ हमजासँग उनको बहस भएको थियो ।’

उक्त घटनाका बेला सिदरा र हमजाका पिता घरमा नै थिए र उनले पनि सिदरालाई रोक्ने कोसिस गरेका थिए । जब सिदराले कुरा सुन्न चाहिनन् तब बुवाको बन्दुकले भाइले गोली चलाए । गोली सिदराको बायाँ आँखाको माथिल्लो भागमा लाग्यो र उनको तत्काल मृत्यु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com