सगरमाथा आरोहण सुरु : कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान


प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार

सिबी अधिकारी,
यस वर्षको वसन्त यामको सगरमाथा ९८,८४८.८६ मि० हिमाल आरोहणण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने ९रोप फिक्सिङ० को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो ।

रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागले वसन्त यामको सगरमाथा आरोहण सुरु भएको जनाएको छ । विभागको पर्वतारोहण शाखाका निर्देशक सुर्यप्रसाद उपाध्यायले यस वर्षको सगरमाथा आरोहण शनिबारदेखि शुरु भएको र अहिले करिब ९० प्रतिशत आरोही सगरमाथाको आधार शिविरमा रहेको जानकारी दिनुभयो ।

“सगरमाथामा रोप फिक्सिङको काम सकिएपछि सगरमाथा आरोहण सुरु भयो, कामीरिता शेर्पाले सगरमाथाको २६ पटक आरोहण गरेर कीर्तिमान बनाएको भन्ने जानकारी आएको छ, यसबारे विभागले प्रक्रिया पु¥याएर फेरिभाई गरेपछि मात्रै घोषणा गर्छौ”, उहाँले भन्नुभयो । निर्देशक उपाध्यायले कामीरिताको आरोहण सम्बन्धमा एजेन्सीमार्फत यो मितिमा यसरी चढेको भन्ने पूर्ण विवरणपश्चात मात्रै विभागले कीर्तिमानको घोषणा गर्ने बताउनुभयो । सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले सर्वाधिक आरोहण हुने विभागको अनुमान छ । अहिले आरोहणका लागि मौसम राम्रो रहेको जनाइएको छ ।

सेभेन समिट ट्रेक्स प्रालिबाट गएका ११ शेर्पा आरोहीले सगरमाथाको चुचुरोमा रोप फिक्सिङ गरेको हो । शनिबार साँझ ६ः५५ बजे सगरमाथाको चुचुरोमा पुगेर आरोहीले यो वर्षको आरोहण खुलेको सन्देश दिएका थिए । अघिल्लो वर्षको वसन्त आरोहण पनि वैशाख २४ गतेदेखि सुरु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४३ पुरुष गरी कूल ३१६ जनाले आरोहण अनुमति ‘एक्सिपीडिसन पर्मिट’ लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ३९ करोड ५५ लाख बढी रोयल्टी जम्मा भएको छ । यो सिजनमा सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि ११३ आरोही समूहका २०० महिला र ७१८ पुरुषसहित कूल ९१८ आरोहीले अनुमति पाएका छन् ।

अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । यो वर्षपनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ । नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष एवम वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि उत्साह थपिएको बताउनुभयो ।

“अघिल्ला वर्षहरुको तुलनामा त आरोहीको सङ्ख्या कमै देखिएको छ, तर विदेशी आरोहीको मोह बढ्नु नेपालको पर्यटनका लागि सुखद् कुरा हो, पर्वतारोही विस्तारै बढिरहेका छन्”, उहाँले भन्नुभयो । वसन्त आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ । मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण हुन्छ । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोही ४०० हाराहारी थिए ।

एकिन तथ्याङ्क नभए पनि हालसम्म सगरमाथाको करिब आठ हजार आरोहीले आरोहण गरेको बताइन्छ । अहिलेसम्म कामीरिताले सगरमाथाको २६ पटक आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले सगरमाथा आरोहणका लागि मात्रै आफ्नो कम्पनीबाट १५० आरोही गन्तव्यमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले आरोहण सुखद हुने विश्वास छ । वसन्त यामको आरोहण उत्साहवद्र्धक रहेको छ ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मे ४ सम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा ९८८४८.८६ मि० आरोहणका लागि मात्रै ३९ आरोही समूह रहेका छन । त्यस्तै अमादब्लम ९६८१४ मि० आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन् । कञ्चनजङ्घा ९८५८६ मि० आरोहणका लागि सात समूहले अनुमति लिएको छ । त्यस्तै अन्नपूर्ण ९८०९१ मि० चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालु ९८,४६३ मि० मा चार, धौलागिरी ९८१६७ मि० का लागि दुई र ल्होत्से ९८५१६ मि० मा १३ आरोही समूहले आरोहण अनुमति लिएका छन् । हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४७ करोड ९२ लाख रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।–रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com