दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला


प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार

स्थानीय तह निर्वाचन, २०७९ का लागि दाङमा कर्मचारीको जिम्मेवारी बाँडफाँट भएको छ । यही वैशाख २१, २२ र २३ गते ९५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम गराइएको थियो । मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी गराएको छ ।

जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी खटाइएको छ । यसरी एउटा मतदान केन्द्रमा पाँच सरकारी कर्मचारी हुने छन् भने तीन स्वयंसेवक खटिने छन् ।

दाङका पाँच मतदान केन्द्रमा निर्वाचन गराउन महिलालाई मात्रै जिम्मेवारी दिइएको छ । पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिलालाई खटाइएको छ । घोराही–१६ को प्रावि सानी अम्बापुर ‘क’ मा मतदान अधिकृतका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, सहायक मतदान अधिकृतमा गुप्ताकुमारी अधिकारी, सहायक कर्मचारी ललिता यादव, रीता लामा र कार्यालय सहयोगीमा सरस्वती घर्तीमगरलाई तोकिएको छ । सोही विद्यालयको ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतमा महिला बालबालिका कार्यालयका मोतीकुमारी विश्वकर्मा, सहायक मतदान अधिकृतमा विमलाकुमारी पोखरेल, सहायक कर्मचारीमा मञ्जु देवकोटा, अनिता सुवेदी र सहयोगीमा विष्णुकुमारी चौधरी रहनुभएको छ ।

सोही विद्यालयको ‘ग’ केन्द्रमा मतदान अधिकृतमा प्रतिभा बोगटी, सहायक मतदान अधिकृतमा रामकुमारी मरासिनी, सहायक कर्मचारीमा कालिका अधिकारी, देवा केसी र सहयोगीमा भुमा वली रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमही–५ को खीमबहादुर मावि कोलही मतदान केन्द्रमा सम्झना शर्मा मतदान अधिकृत, प्रभारश्मी धिताल सहायक मतदान अधिकृत, सुशीला शाह, पूजा केसी सहायक कर्मचारी र विष्णुकुमारी चौधरी सहयोगी रहनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै तुलसीपुर–५ को अरनीको मैदान ‘घ’ मा मतदान अधिकृतमा माया श्रेष्ठ, सहायक मतदान अधिकृतमा सावित्राकुमारी गौतम, सहायक कर्मचारीमा झरना बुढामगर, कमला रावत र सहयोगीमा रीता रिजाल रहनुभएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । महिला कर्मचारी मात्रै भएका मतदानस्थलमा महिला प्रहरी मात्रै खटाउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

कर्मचारी र सुरक्षाकर्मीहरु आवश्यक निर्वाचन सामग्री लिएर यही वैशाख २६ र २७ गते बेलुकासम्म मतदानस्थलमा पुग्ने छन् । भौगोलिक दूरीका हिसाबले टाढा रहेको स्थानमा २६ गते नै कर्मचारी पठाउने कार्यक्रम रहेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभयो । जिल्लामा दुई लाख नौ हजार ९९ महिला, दुई लाख सात हजार ९९ पुरुष र दुई तेस्रो लिङ्गी गरी चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् ।

कभर तस्वीर : ईकान्तिपुर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com