करिन जान पियाह: ह्वाइट हाउस प्रेस सेक्रेटरीमा पहिलो पटक अश्वेत र लैंगिक अल्पसंख्यक


प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार

ह्वाइट हाउस प्रेस सेक्रेटरीमा करिन जान पियाहलाई नियुक्त गरिने भएको छ । आगामी साता जेन साकीले पद छाड्ने भएपछि उनको स्थानमा करिनलाई नियुक्त गरिने बिहिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले वक्तव्यमार्फत जनाएका छन् ।

उनी ह्वाइट हाउस सेक्रेटरीमा नियुक्त हुने पहिलो अश्वेत र लैंगिक अल्पसंख्यक हुनेछिन् । हाल उनी ह्वाइट हाउसमा प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरी रहेकी छिन् । करिनले बाइडेन ह्यारिस प्रशासनको कामलाई अमेरिकी जनताका तर्फबाट संचार गर्नका लागि नेतृत्वदायी भूमिका खेल्ने राष्ट्रपति बाइडेनले विश्वास गरेका छन् ।

आगामी मे १३ देखि जेन साकीले छाडे लगत्तै करिनले काम सुरु गर्ने भएकी छिन् । करिनले उपराष्ट्रपति कमला ह्यारिसको चिफ अफ स्टाफका रुपमा काम गरेकी थिइन् ।

मुभअनकी बरिष्ठ सल्लाहकार तथा राष्ट्रिय प्रवक्ता समेत रहेकी करिनले एनबीसी, एमएसएनबीसी लगायतमा विश्लेषककको रुपमा समेत काम गरेकी छिन् । हैटियन आप्रवासी बुबाआमाबाट जन्मिएकी उनी न्युयोर्कको क्वीन्समा हुर्केकी हुन् । उनले कोलम्बिया युनभर्सिटीमा इन्टरनेशनल र पब्लिक अफेयर्समा समेत लेक्चरका रुपमा काम गरेकी थिइन् ।

उनका बुबा ट्याक्सी ड्राइभर थिए भने आमाले घरमा स्वास्थ्य सहयोगीका रुपमा काम गरिन् । बुबाआमाहरु काममा व्यस्त हुने भएका करिनले आफूभन्दा साना भाईबहिनीहरुको हेरचाह गर्नुपथ्र्यो । उनी तीन दिदीबहिनी र भाईमा सबैभन्दा जेठी हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com