मुख्यसचिव वैरागीसँग अदालतको अवहेलना मुद्दामा सातदिनभित्र लिखित जवाफ माग


प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार

सर्वोच्च अदालतले नेपाल सरकारको मुख्यसचिव शङ्करदास वैरागीलाई अदालतको अवहेलनामा मुद्दामा सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज उक्त मुद्दामा सातदिनभित्र आफू वा कानूनबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।

आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक ७ (सात) दिनभित्र आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू ।”

काठमाडौँ उपत्यकालाई स्वच्छ र प्रदूषणमुक्त बनाउने उद्देश्यले २०७४ वैशाख १ गते देखि लागू हुने गरी तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको मिति २०७१ चैत १८ गते नेपाल राजपत्रमा प्रकाशित ४० माइक्रोन मोटाइ सम्मका प्लाष्टिक झोलाको आयात, भण्डारण, विक्री, वितरण तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटको वातावरण संरक्षणअन्तर्गतको बुँदा नं १६० मा ४० माइक्रोन मोटाइसम्मको प्लास्टिकको झोलाहरुको, आयात, भण्डारण विक्री वितरण तथा प्रयोग गर्ने प्रतिबन्ध लगाउने बाध्यात्मक व्यवस्था गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतले २०७८ साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउने व्यवस्था लागू गर्न सरकारका नाउँमा तत्काल कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेश कार्यान्वयन नगरेकोमा अधिवक्ता अधिवक्ता पदमबहादुर श्रेष्ठले मुख्यसचिवलाई विपक्षी बनाई अदालतको अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दाको सुनुवाइपछि अदालतले एकहप्ताभित्र उपस्थित हुन भनेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com