स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ ।
मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी खोप लगाउन छुटेकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने बताउनुभयो ।
उहाँका अनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर डोज प्रदान गरिनेछ । खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत अनुरोध गरिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।