लोकतन्त्रको रक्षाका लागि यूक्रेनलाई सैन्य सहयोग गरिएको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ


प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यूक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिनुभएको छ ।

रुससँग जुधिरहेको यूक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताउनुभयो ।

पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका यूक्रेनी सञ्चारमाध्यमले जनाएका छन् । यूक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनेट्स्क शहरमा भएको रुसी आक्रमणमा २७ जना मारिएका र दर्जनौं घाइते भएका अधिकारीले बताएका यूक्रेनी सञ्चारमाध्यमले जनाएका छन् ।

यूक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोलमा हालसम्म १५६ जनाको उद्धार गरेको जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने मारियुपोलमा फसेका बाँकी नागरिकलाई स्टील कारखानाबाट बाहिर निकाल्न थप प्रयास भइरहेको बताउनुभएको छ ।

पोप फ्रान्सिसले रुस युक्रेन युद्धका विषयमा चिन्ता व्यक्त गर्दै युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई भेट्ने प्रस्ताव अघि सार्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com