युक्रेनमा २६ जनाको मृत्यु, १२ घाइते


प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार

 

युक्रेनको पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सुरुमा मृतकको सङ्ख्या थोरै देखिएपनि अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

यात्रु बहाक एउटा बस अर्को पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने रिभ्ने क्षेत्रमा मङ्गलबार भएको दुर्घटनालाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “अत्यन्त दुःखद दुर्घटना” भन्नु भएको छ ।

“दुर्घटनामा परी अहिलेसम्म कुल २६ जनाको मृत्यु भएको छ, ती मध्ये २६ जना यात्रु हुन भने   दुई जना चालक हुन,” प्रहरीले जारी गरेको वक्तव्यमा लेखिएको छ । घटनामा परी अरु १२ जना घाइते भएको र उनीहरुको विभिन्न   अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले घटनामा मृत्यु भएकाहरुको पहिचान खोज्ने कार्य भइरहेको जानकारी दिएको छ । पिडित मध्ये अधिकांश युवा रहेको पनि जनाइएको छ । रुसको आक्रमणमा परी सयौँ युक्रेनीहरुको मृत्यु भइरहेका बेला दुर्घटनामा परी २६ युक्रेनीको मृत्यु भएको हो ।

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताउनुभएको छ ।उहाँले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताउनुभएको हो ।

हाल युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राख्नुभएको हो ।डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि मंगलबार आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– युक्रेनको संकट समाधान गर्न वार्ताका साथै कूटनीतिक प्रयासहरुलाई गति दिनुपर्छ, यही माध्यमबाट नै समस्या समाधान हुनेछ ।

भारत युक्रेनमा शान्ति चाहेको भन्दै हाल जारी रहेका आक्रमणहरुलाई रोकेर अविलम्ब कूटनीतिक वार्ता थाल्नुपर्ने भारतको धारणा रहेको पनि उहाँले बताउनुभयो ।प्रधानमन्त्री मोदी भारतको प्रधानमन्त्रीका रुपमा पहिलो पटक डेनमार्कको भ्रमण गरेको पनि उहाँले बताउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com