न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढ्यो, मध्यम अलर्ट जारी, स्वास्थ्य विभागका ५ सुझाव


प्रकाशित मिति : बैशाख १९, २०७९ सोमबार

न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेको न्युयोर्क सिटीको स्वास्थ्य विभागले जनाएको छ । न्युयोर्कको कोभिड १९ को अलर्ट स्तर मध्यम पुगेको र विगतको तुलानामा जोखिम बढेको जनाइएको छ ।

न्युयोर्क सिटीमा कोभिड १९ का ४ प्रकारका अलर्टहरु जारी गरिदै आएका छन् । सबैभन्दा कम सामुदायिक फैलावटको जोखिम रहेको अवस्थामा न्यून, मध्यम फैलावटको जोखिम भएको अवस्थामा मध्यम, उच्च जोखिम भएको अवस्थामा उच्च र अति उच्च जोखिम भएको अवस्थामा अति उच्च स्तरसहित अलर्ट जारी गरिन्छ ।

अहिले मध्यम स्तरको अलर्ट जारी गरेको अवस्थामा भ्याक्सिन नलगाएका वा कोभिड १९ बाट सिकिस्त हुने जोखिममा रहेकाहरुलाई भींडभाडयुक्त स्थलमा नजान र अतिरिक्त सावधानीहरु अपनाउन सुझाव दिइएको छ । कोरोनाबिरुद्धको भ्याक्सिन र बुस्टर डोज लगाउन सुझाव दिइएको छ ।

त्यस्तै घरभित्रका सार्वजनिक स्थलमा मास्क लगाउन सुझाव दिइएको छ । लक्षण भएको खण्डमा, यात्रा गरेको खण्डमा र भींडभाडमा गएको खण्डमा कोरोना परीक्षण गराउन सुझाव दिइएको छ । बिरामी भएको खण्डमा घरमै बस्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com