नेपालमा अमेरिकी अधिकारीको भ्रमण बाक्लियो, जेठ पहिलो साता उपविदेशमन्त्री आउँदै


प्रकाशित मिति : बैशाख १८, २०७९ आईतबार

पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । यसै क्रममा अमेरिकी उपविदेशमन्त्री उज्रा जिया आगामी जेठको पहिलो साता नेपाल आउने जनाइएको छ ।

जिया जेठ ६ गतेदेखि ८ गतेसम्म नेपाल भ्रमणमा रहने परराष्ट्र मन्त्रलय स्रोतको भनाइ छ । यसबारे औपचारिक मिति घोषणा भने गरिएको छैन ।

जियाको भ्रमण नेपाल—अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वार्षिक उत्सवका अवसरमा अमेरिकी अधिकारीको नेपाल भ्रमणकै एउटा पाटो रहेको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जियालाई गत डिसेम्बर २० मा तिब्बती मामिला हेर्ने विशेष संयोजक नियुक्त गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, एमसीसीका नायव उपाध्यक्ष जोनाथन ब्रुक्स अहिले नेपाल भ्रमणमै छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटेर एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन अवस्थाबारे छलफल गरेका छन् ।

गतसाता अमेरिकाका पाँच सांसदले नेपाल भ्रमण गरेका थिए । उक्त सांसद टोली आउनु चार दिनअघि अमेरिकी उपसहायकमन्त्री केली केडरलिङ काठमाडौंमै थिइन्। उनले परराष्ट्रमन्त्री डा. खड्कासँग भेटेकी थिइन्।​

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com