पछिल्लो समय सर्वत्र प्रशंसा पाइरहेका जेलेन्स्कीलाई ‘रुसी फौजले झण्डै पक्रेको थियो’


प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार

किभः युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको सुरुवाती समयमा उनी रुसी फौजबाट झण्डै पक्राउ परिसकेको खुलासा गरेका छन् । ६६ दिनदेखि चलिरहेको युद्धमा जेलेन्स्कीले निभाएको भूमिकाको पछिल्लो समय सर्वत्र प्रशंसा पाइरहेको छ ।

उनले रुसी आक्रमणपछिको युक्रेनी पिडा अभिव्यक्त गर्न अमेरिकी कंग्रेस, विश्व बैंक र ग्रामी पुरस्कार सम्मलाई सम्बोधन गरिसके ।
साथै बोरिस जोनसनलगायत थुप्रै विश्व नेता उनलाई किभ नै गएर भेटेका छन्।

तर शक्तिशाली छिमेकीको आक्रमणको साहस पूर्वक प्रतिरोधका प्रतिक बनेका जेलेन्स्की झण्डै युद्धको सुरुमै रुसी कब्जामा पुगेको जेलेन्स्कीले बताएका छन्।

चर्चित टाइम म्यागजिनका रिपोर्टर सिमोन शस्टरसँगको कुराकानीका क्रममा जेलेन्स्कीले रुसी फौज उनी बसेको घरको कम्पाउन्डमै मै आएको उल्लेख गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शस्टरले किभस्थित राष्ट्रपतीय प्राङ्गणमा एक रात बिताएर जेलेन्स्कीसँग अन्तरवार्ता लिएका थिए ।
फेब्रुअरी २४ को झिसमिसेमा बमको आवाजले बिउँझिएपछि आफू र श्रीमती ओलेनाले छोरी९१७ वर्ष० र छोरा९९ वर्ष०लाई सुरक्षित स्थानमा लान तयारी गरेको कुराबाट उनले सो दर्दनाक समयबारे बताउन सुरु गरेका छन् ।

 

त्यस समय युक्रेनी सेनाले जेलेन्स्कीलाई एक रुसी समूह प्यारासुटमार्फत किभमा अवतरण गरिसकेको अवगत गराएको थियो । सो समूहको उद्देश्य जेलेन्स्की र उनको परिवारको हत्या वा अपहरण गर्ने रहेको तिनले बताए ।

‘हामीले त्यस समय फिल्ममा देखिने खालको स्थिति भोगिरहेका थियौं । लगत्तै गार्डले भवनको लाइट निभाए । जेलेन्स्कीका लागि बुलेटप्रुफ भेस्ट, राईफल र झण्डै एक दर्जन सहयोगी मगाईयो,’ जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यरम्याकले भने ।

शस्टरका अनुसार जेलेन्स्की भवनभित्रै हुँदा रुसी फौजले दुई पटक भवनको प्राङ्गण प्रवेश गर्ने प्रयास गरेको थियो ।

रुसी फौजको आक्रमण निस्तेज पारिएपछि जेलेन्स्कीलाई अमेरिका र ब्रिटिस फौजबाट उद्दार गरिने प्रस्ताव पनि आएको थियो । त्यसलाई उनले अस्वीकार गरिदिएका थिए ।

त्यही रात उनले घरको आँगनमा निस्किएर मोबाइलबाट हाल चर्चित भिडियो सन्देश रेकर्ड गर्न थाले । उक्त समय आफूलाई युद्धमा आफ्नो भूमिका के हो भन्ने बोध भएको जेलेन्स्कीले बताएका छन् ।

‘त्यस समय तपाईले कुनै देशका राज्य प्रमुखले जे व्यवहार गर्छन्, त्यही गर्नु आवश्यक हुन्छ,’ जेलेन्स्कीले भने । -द गार्जियनबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com