मतदाता नामावलीमा नाम छुट्यो ? निर्वाचनपछि मात्रै थपिनेछ..


प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार

“मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ? ” निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन । स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको पैसा नलाग्ने टोलफ्री नम्बर ११०२ मा आउने यस्ता जिज्ञासाहरुलाई आयोगका अधिकारीहरुले नियमित सम्बोधन पनि गर्दै आएका छन् । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा हेरफेर नहुने भएकाले आयोगले त्यस्ता जिज्ञासाहरुमाथि सोही प्रकारको जवाफ दिने गरेको छ ।

गत माघ २४ गते सरकारले आयोगको परामर्शमा यही वैशाख ३० गतेका लागि ७५३ स्थानीय तहमा निर्वाचन हुने घोषणा गरेको थियो । माघ २५ गते नै आयोगले सूचना जारी गरी मतदाता नामावालीमा हेरफेर नहुने स्पष्ट गरेको थियो ।

कल सेन्टरमा मतदाता परिचयपत्र हराएकाहरुले प्रतिलिपि प्राप्त हुने कि नहुने, मतदाता परिचयपत्रबाहेक परिचय खुल्ने अन्य परिचयपत्रबाट मतदात गर्न मिल्ने कि नमिल्ने, वैदेशिक रोजगारबाट हालसालै स्वदेश फर्किएका व्यक्तिहरुको मतदाता नामावलीमा नाम समावेश हुने कि नहुने रु लगायतका जिज्ञासा पनि आउने गरेका छन् ।

आयोगका उपसचिव ऋषिराम भुसालले वैदेशिक रोजगारीबाट फर्केकाको नाम अहिले थप्न नमिल्ने जनाउनुभयो भने मतदाता परिचयपत्र हराएकामा हकमा परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने गरी मतदान गर्न दिने गरी आयोगले पछि निर्णय गर्न सक्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोगको कल सेन्टरमा एक महिनाको अवधिमा पाँच हजार २५१ जिज्ञासा आएकामा अधिकांशको सम्बोधन गरिएको छ । कूल जिज्ञासाको चार हजार ५६२ वटा नियमित कल र ६८९ वटा रेकर्डेड कल अर्थात् भ्वाइस मेल रहेका छन् ।

कल सेन्टरका सुपरभाइजर मधुसुदन पुडासैनीका अनुसार गत चैत १५ गतेदेखि कल सेन्टर सञ्चालनमा आएको हो । कल सेन्टरमा दैनिक करिब ३०० जिज्ञासा आउने गरेका छन् । सोमध्ये अधिकांश जिज्ञासाको तत्काल सम्बोधन र केही जिज्ञासाको सम्बन्धित शाखा, महाशाखासँगको समन्वयमा सम्बोधन गर्ने गरिएको छ ।

कल सेन्टरमा एक जना सुपरभाइजर, एक जना नेपाल टेलिकमको सिनियर इञ्जिनीयर तथा पाँच कल एजेण्टहरु गरी सात जना जनशक्ति खटिएका छन् । नविनतम प्रविधियुक्त कल सेन्टरमा आउने जिज्ञासाको सम्बोधनका लागि आयोगका उच्च पदाधिकारी तथा कर्मचारीको सक्रियता रहेको पुडासैनीले बताउनुभयो । कल सेन्टरमा प्रायः युवाहरुको जिज्ञासा बढी आउने गरेको पुडासैनीले बताउनुभयो ।

प्राप्त अन्य जिज्ञासामा निर्वाचन ऐन, नियमका प्रावधान, स्थानीय तह निर्वाचनका निर्देशिकामा भएको व्यवस्था, शिक्षक, पत्रकार, सङ्घ संस्थाका कर्मचारी, सरकारी कर्मचारीले दलको झण्डा बोकेर चुनावी प्रचारप्रसारमा हिँड्न पाइन्छ कि पाइदैन रु उम्मेदवारहरुको योग्यता तोकिदा शैक्षिक योग्यता निर्धारण किन नगरिएको होला रु आदि जिज्ञासा बढी आउने गरेका छन् ।

“कल सेन्टरमा जिज्ञासासहितको कल प्राप्त हुनासाथ कल सेन्टरले सम्बन्धित शाखा, महाशाखामा कार्यरत कर्मचारीसँग समन्वय गरी जिज्ञासा तथा गुनासाहरु सम्बोधन गर्ने गरिएको छ, केही जिज्ञासा उच्च तहमा सम्बोधनका लागि पठाइने गरिएको छ”, सुपरभाइजर पुडासैनीले भन्नुभयो, “कल सेन्टरमा प्राप्त जिज्ञासाको तत्काल सम्बोधनका लागि स्वचालित आन्तरिक प्रणालीको व्यवस्थापन गरिएको छ ।”

हाल सञ्चालनमा रहेको कल सेन्टर नेपालमै सञ्चार प्रविधिको एक नवीनतम प्रविधि एसआइपी पीबीएक्समा आधारित रहेको पुडासैनीले बताउनुभयो । यो प्रविधिबाट एक पटकमा एकैचोटी १५ जनासम्मले कल गर्न पाउने सुविधा रहेको छ । हाल कल सेन्टरमा साँझ ७ बजेदेखि विहान ९ बजेसम्म श्रव्य सन्देशको रुपमा समेत दर्ता गर्न सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

४३ जिल्लामा मतपत्र ढुवानी
निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालले जानकारी दिनुभयो ।

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com