अमेरिका-नेपाल कूटनीतिक सम्बन्धको ७५ बर्ष, ‘नेपालका उपलब्धिमा गर्व गर्छौं’ -अमेरिकी विदेशमन्त्री


प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार

अमेरिका र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ बर्षगाँठको अवशरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालले हासिल गरेका उपलब्धीहरुमा एक साझेदारका रुपमा अमेरिकाले गर्व गर्ने बताएका छन् । आज नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं बर्ष पूरा भएको छ ।

ब्लींकेनले भनेका छन् – ‘आज हामी नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठ मनाउँदैछौं। नेपालले आफ्नो शासन प्रणाली, आर्थिक विकास, तथा अन्तराष्ट्रिय सहभागिताहरूमा उल्लेखनीय परिवर्तन अनुभुत गरेको छ। एक साझेदारका रूपमा हासिल गरेका उपलब्धीहरूमा हामी गर्व गर्दछौं र आउने अनेकौं दशकहरूसम्म यो मित्रता कायम रहनेमा आशावादी छौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमार्फत भनेको छ – ‘७५ वर्षका अनगिन्ती सम्झनाका क्षणहरू र रमाइला पलहरू। हामीले पुस्तौं पुस्तासम्म हातेमालो गर्दै हासिल गरेका यी सबै उपलब्धीहरूमा हामीलाई गर्व छ र हामी नेपाल-अमेरिका साझेदारीलाई आउने कैयौं पुस्ताहरूसम्मको लागि अझै बलियो बनाउन हामी प्रतिवद्ध छौं।’

सन् १९४७ को अप्रिल २५ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हो । अमेरिकाले नेपाललाई सन् १९४७ मा स्वतन्त्र राष्ट्रको मान्यता प्रदान गरेको थियो । अमेरिका नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित गर्ने दोश्रो मुलुक हो । त्यसअगाडि नेपालको बेलायतसँग कूटनीतिक सम्बन्ध कायम भइसकेको थियो ।

नेपालले सन् १९५८ को फेब्रुअरी ३ मा वासिंटन डिसीमा आफ्नो दूतावास खोलेको थियो । अमेरिकाले सन् १९५९ को अगस्त ६ मा नेपालमा आफ्नो दूतावास खोलेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com