युक्रेन संकटमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को असफलता स्वीकार गर्दै गुटेर्रेसले भने ‘हामी हार मान्दैनौं भन्न म यहाँ आएको हुँ’
प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार
युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनाभन्दा बढी भइसकेको छ । यसै क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पहिलो पटक युक्रेनको भ्रमण गरेका छन् ।
गुटेर्रेस युक्रेनको राजधानी किभमा रहँदा रकेट आक्रमण पनि भएको थियो । आफ्नो भ्रमणका क्रममा गुटेरेसले सुरक्षा परिषद्को पनि आलोचना गरेका थिए ।
एन्टोनियो गुटेर्रेसले युक्रेनमा युद्ध रोक्न र अहिले युद्ध अन्त्य गर्न काउन्सिल असफल भएको बताए । यो पक्कै पनि ठूलो निराशा, रिस र क्रोधको कारण भएको उनले बताए ।

उनले थपे, “म स्पष्टसँग भन्न चाहन्छु कि यो युद्धबाट बच्ने र आफ्नो क्षमता अनुसार अन्त्य गर्ने प्रयासमा पूर्ण रूपमा असफल भएको छ।”
संयुक्त राष्ट्र सुरक्षा परिषद् विशेष गरी विश्व शान्ति र सुरक्षाको लागि हो, तर युक्रेन संकटको मामलामा यो पूर्ण रूपमा असफल भएको छ।
फेब्रुअरीमा युक्रेनमा सुरु भएको युद्ध रोक्न नसकेको भन्दै आलोचना पनि भएको छ । युक्रेन सरकारले समेत यसको निन्दा गरेको छ ।

रसिया संयुक्त राष्ट्र सुरक्षा परिषद्को पाँच स्थायी सदस्यहरू मध्ये एक हो र यस मुद्दामा एक पटक भन्दा बढी आफ्नो भिटो शक्ति प्रयोग गरेको छ। बिहीबार, संयुक्त राष्ट्रका महासचिवले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।
आफ्नो सम्बोधनमा गुटेर्रेसले राष्ट्रपति जेलेन्स्की र युक्रेनका जनतालाई सम्बोधन गर्दै भनेका छन्, ‘हामी हार मान्दैनौं भन्नको लागि म यहाँ आएको हुँ । तर, उनले एकातिर सुरक्षा परिषद् ‘पक्षाघात’ भए पनि संयुक्त राष्ट्रसंघले अन्य महत्वपूर्ण कदम चालेको भन्दै राष्ट्रसंघको बचाउ पनि गरे ।






