बागी उम्मेदवारी दलहरुको टाउको दुखाइ


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालेमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

महिला सङ्घ बागलुङकी सचिव उषा पौडेलले गठबन्धनका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा एमालेबाट उम्मेदवारी दिनुभएको छ । गठबन्धनका नाममा महिलालाई पाखा लगाउने काम भएको भन्दै उहाँले पार्टी नै छोड्नुभयो ।

यस्तै गठबन्धनका तर्फबाट जैमिनी नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेपाली कांग्रेसको भागबण्डामा परेपछि जनमोर्चाकी रुद्रा क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनका कारण आफूले टिकट नपाएको, पार्टीमा मूल्याङ्कन नभएको भन्दै पार्टी छोड्ने, अर्को पार्टीको चुनाव चिह्नबाट लड्ने र स्वतन्त्र उठ्नेको सङ्ख्या धेरै छ ।

ताराखोला गाउँपालिकामा अध्यक्ष प्रकाश घर्तीले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेकपा ९माओवादी केन्द्र०ले ताराखोलामा धनबहादुर विकलाई अध्यक्षको उम्मेदवार बनाएपछि घर्तीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै गलकोट नगरपालिकामा नेपाली कांग्रेसकी मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेस बागलुङका जिल्ला सदस्य चालिसेले नगरप्रमुखमा दाबी गरे पनि पार्टीले पुुनः भरत शर्मा गैरेलाई दोहो¥याउने निर्णय गरेपछि उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो । गलकोटमा उपमेयर नपाएपछि माओवादी केन्द्रका गलकोट अध्यक्ष तिलक उप्रेतीले पार्टी परित्याग गरेर स्वतन्त्रबाट उठ्नुभएको छ ।

गलकोटमा गठबन्धनबाट प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिएपछि उप्रेतीले पार्टी परित्याग गर्नुभएको हो ।

ढोरपाटन नगरपालिकामा कांग्रेसकी दिलमाया पौवीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएको छ । गठबन्धनबाट प्रमुख पद माओवादीलाई परेपछि उहाँले रुष्ट भएर नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । एमालेले बागलुङ नगरपालिका–२ मा रामबहादुर जिसी र ३ मा कमल खड्कालाई उठाएपछि रामराजा गुरुङ र पुनमप्रसाद शर्मा बागी उम्मेदवार बन्नुभएको छ । यस्तै बानपा–३ मा माओवादी केन्द्रका बाबुलाल शाक्यले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमै बागी र स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय जनमोर्चालगायत दललाई असन्तुष्ट बनेर पार्टी छाडेका, बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाउन हम्मेहम्मे परेको छ । उम्मेदवारी फिर्ता लिने आयोगको समय तालिकाअनुसार यही वैशाख १६ गते साँझ ५ बजेसम्म रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com