ट्वीटर किन्ने सहमतिपछि मस्कको सम्पत्ति २१ अर्बले घट्यो


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

ट्वीटर किन्न एलन मस्क उनको टेस्लाको शेयर बेच्ने तयारीमा रहेको समाचार सार्बजनिक भएपछि टेस्लाको मूल्यमा १२६ अर्ब डलरको गिरावट आएको छ । ट्वीटरको खरिदमा टेस्ला संलग्न नभए पनि कम्पनीका प्रमुख अधिकृत तथा सो कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर एलन मस्कले २१ अर्ब डलरको व्यक्तिगत इक्विटी प्रयोग गर्दैछन् ।

त्यसबाहेक उनले टेस्लाको शेयरलाई धितो राखेर थप १२.५ अर्ब डलर ऋण लिनेछन् । यो समाचारबीच मंगलबार टेस्लाको शेयरमा १२.२ प्रतिशतको गिरावट आयो। यो गिरावटले मस्कको सम्पत्ति पनि २१ अर्ब डलरले घटेको छ । हाल घटेको रकम उनले ट्वीटर किन्ने समयमा तिर्ने बाचा गरेको नगद रकम बराबर हो ।

मस्कले ट्वीटर किन्नको लागि टेस्लाको शेयर बेच्दैछन् भन्ने चिन्ताले टेस्लाका लगानीकर्ता हच्किएपछि यो स्थिति आएको वेडबस सेकुरिटिज नामक वित्त फर्मका विश्लेषक ड्यान इभ्स बताए । अनलाईन ट्रेडिङ प्ल्याटफर्म ओयान्डाका एक विश्लेषक एड मोयाले यस विषयमा भने, ‘यदि टेस्लाको शेयर मूल्य निरन्तर घट्यो भने मस्कको ट्वीटर खरिदसमेत धरापमा पर्न सक्छ ।’

मंगलबार टेस्लाबाहेक समग्र प्रविधि क्षेत्रका शेयरमा गिरावट भएको थियो । यसै कारणले मंगलबार न्यासड्याकको कारोबार सन् २०२० डिसेम्बर यताकै न्युन तहमा पुगेर बन्द भएको थियो । एक लगानीकर्ताले विश्व आर्थिक वृद्धि सुस्त हुँदै गएको र अमेरिकाको फेडरल रिजर्भको आक्रमण ब्याज दरको प्रभाव शेयर बजारमा पर्न सुरु भएको आशंका व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार नै ट्वीटर कम्पनीको शेयर मूल्य पनि घटेको थियो । उसको शेयर मूल्य ३.९ प्रतिशतले झरेर प्रति कित्ता ४९.६८ डलरमा कारोबार भएको थियो । जबकि मस्कले कम्पनीलाई प्रति शेयर ५४.२० डलरमा किन्ने सहमति जनाइसकेका छन् ।

टेस्लाको शेयर मूल्य घटिरह्यो भने मस्कले ट्वीटरसँग गरेको सहमतिमा पुनर्विचार गर्न पनि सक्छन् । किनकि मस्कको २३९ अर्ब डलरको सम्पत्ति भनेको लगभग उनीसँग रहेको टेस्लाको विशाल संख्याको शेयर नै हो । –द गार्जियनबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com