जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकार निर्णय


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ ।

हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिनुभयो ।

उहाँले बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com