कँडेल र शर्माको ‘गठबन्धन राजनीति’ पुस्तकमा के छ ?


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

नेपालमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा राजनीतिक तिक्तता चलिरहेका बेला स्थापित पत्रकार तथा लेखक शुभशंकर कंडेल र शारदा शर्माको गठबन्धन राजनीति(चुनावी तालमेल, संयुक्त सरकरा र बाह्य अनुभव, वाम वर्चस्व, आवश्यकता र सम्भावना) नामक सामयिक पुस्तक प्रकाशित भएको छ ।

पुस्तकमा नेपालमा २००७ देखि २०७४ सम्मका विभिन्न संसदीय र गठबन्धन सरकार तथा संसदको मिहिन विश्लेषण गरिएको छ । गठबन्धन राजनीति नामक पुस्तकमा राजनीति, विचारधारा, राजनीतिक दर्शन जस्ता विषयमा समेत बौद्धिक विश्लेषण रहेको छ भने युरोपेली देशका साथै दक्षिण एशियाली ८ वटै देशमा बन्न पुगेका गठबन्धन सरकारहरुको समेत चर्चा गरिएको छ ।

गठबन्धन राजनीति र गठबन्धन सरकार अलग अलग भएको विषयमा सैद्धान्तिक व्याख्यासहित नेपालमा गत कालमा बनेको बाम गठबन्धन र त्यसको दुर्घटनाका कारणहरुको विस्तृतमा विश्लेषण गरिएको छ । वाम गठबन्धन दुर्घटनामा परेपछि फेरि नेपालमा शुरु भएको अराजनीति गठबन्धनको तथ्यगत रुपमा आलोचना गरिएको छ । त्यसो त पुस्तकले ऐतिहासिक पृष्ठभूमि सहित नेपालमा हाल अराजनीतिक, नेताकेन्द्रित र केवल कुर्सीका लागि मात्र गठबन्धन गर्ने हानिकारक प्रवृत्ति बढेको दृष्ट्रान्तलाई उधिनिएको छ ।

वाम गठबन्धन, नेकपाको सरकार र संसदको विघटन तथा नेकपा नै विघटन भएको घटनाले नेपालको राजनीतिमा दीर्घकालसम्म कसरी असर गर्ने छ भन्ने समेत पुस्तकले मसिनोगरी विश्लेषण गरेको छ ।
यस पुस्तकमा नेपाल र छिमेकी देशहरुका बनेका गठबन्धन सरकार, वामपन्थीहरुको अवस्था, नेपालको संसदमा महिलाहरुको सहभागित र संघीयता तथा नयां संविधानको व्यवस्थाका कारण गठबन्धनप्रतिको राजनीतिक झुकावलाई एक सय भन्दा बढी तालिका मार्फत स्पष्ट गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा स्थानीय निकायको सुरुवातदेखि हालसम्म भएका निर्वाचन र तिनमा विभिन्न राजनीतिक दलले प्राप्त गरेको हैसियत तथा ०७४ को स्थानीय तहको निर्वाचन र त्यो निर्वाचनमा विभिन्न दलहरुले प्राप्त गरेको नतिजा तथा उनीहरुको मत र प्रतिद्धन्दीसंगको मतअन्तर समेत यस पुस्तकमा समेटिएको छ । नेपालमा स्थानीय चुनावको माहोल तातिरहेका बेला यस पुस्तकको अनुसूचीमा ७५३ तहमा गत निर्वाचनमा पहिलो दोस्रो र तेस्रो हुने उमेद्वारले प्राप्त गरेको मत र मतान्तरले अहिलको सभ्वाति अवस्था बुझ्नलाई समेत सघाउन पुग्ने देखिएको छ ।

विभिन्न १४ खण्ड र ५ अनुसूची रहेको पुस्तकको अनुसूचीमा गठबन्धन सरकारभित्र एमसीसी प्रकरणले पारेको प्रभावका सन्दर्भमा नेपालका नेताहरु र एमसीसी बीच भएका पत्रको आदन प्रदान तथा संसदले पारित गरेको व्याख्यात्मक टिप्पणीलाई समेत राखिएको छ । पुस्तकमा एमसीसी प्रकरणमा नेपालमा देखिएको सत्ता गठबन्धन र प्रतिपक्षका बीचको तनाव, चीन र अमेरिका बीचको टकरावले नेपाली राजनीतिलाई तरंगित बनाएको विषयलाई विस्तृतमा व्याख्या गरिएको छ ।

त्यसो त अनुसूचीमा राखिएको १६५ निर्वाचन क्षेत्र र ७५३ तहको विगतको चुनावी नतिजा र पहिलो देखि तेस्रो हुने उमेद्वार र दलले प्राप्त गरेको मतको तालिकाले आगामी निर्वाचनहरुका सन्दर्भमा र दलको हैसियत बुझ्नलाई समेत निके सहयोगी हुने देखिएको छ ।
‘एउटै दलको बहुमतीय सरकार गठन हुने अवस्था र बढी सम्भावनालाई ती देशको निर्वाचन प्रणाली र राजनीतिक दलहरुरुको प्रभावले प्रभावित गर्दछ । ब्रिटेन र भारतमा पहिलो हुने निर्वाचित हुने प्रणाली रहेको संसदीय निर्वाचन प्रणाली छ । जहाँको संसद्मा सामान्यतया एउटा दलको बहुमत प्राप्त हुनसक्ने अधिक सम्भावना हुनसक्ने आँकलन गरिएको हुन्छ । ठीक त्यसैगरी नेपालजस्तो मिश्रित निर्वाचन प्रणाली रहेको देशमा एक दलको बहुमत प्राप्त हुनसक्ने सम्भावना निकै न्यून रहेको हुन्छ । तर पनि पछिल्लो समयमा बेलायत र भारतजस्ता वा डेनमार्क, जर्मनीजस्ता देशहरुमा पनि एक दलको बहुमत प्राप्त हुने अवस्था कमजोर भएर गठबन्धन सरकार बन्ने प्रवृत्ति देखिएको छ ।

नेपालमा २०७२ सालको संविधानभन्दा पहिले अथवा २०६३ को अन्तरिम संविधान लागू हुनुभन्दा पहिले एफपीटीपी प्रणाली रहेको संसदीय व्यवस्था थियो । २०४८ देखि २०५६ सम्मका तीनवटा निर्वाचनमा दुईपटक एउटा दलको बहुमत र एकपटक कुनै पनि दलले संसद्मा बहुमत प्राप्त गर्न नसकेको अवस्था थियो । ठीक त्यसैगरी भारतमा सन् १९५३–१९७७, १९८०–१९८९ सम्म एक दलको बहुमत र त्यो बीच र त्यसपछिको अवधिमा सन् २०१४ सम्म कुनै पनि दलले संसद्मा बहुमत हासिल गर्न नसकेको त्रिशंकु संसद्को अवस्था थियो ।

संसद्मा एउटा दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा संयुक्त गठबन्धन सरकार बन्ने गर्दछ । तर गठबन्धन सरकारहरु अस्थिर हुने, जनतामा राजनीति र व्यवस्थाप्रति वितृष्णा फैलिने, राज्यको अनावश्यक व्ययभार बढ्नेजस्ता साझा विकृतिका कारण चुनावपूर्व राजनीतिक गठबन्धनको अभ्यास भारतमा सन् १९९९ देखि व्यवस्थितरुपमा सुरु भएको पाइन्छ । त्यसैगरी नेपालमा सन् २०१७ को सङ्घीय तथा प्रदेश निर्वाचनमा चुनावपूर्व वाम गठबन्धन बनेको घटना ताजै छ ।

यसका अलवा चुनावपछि सरकार गठनका सन्दर्भमा गठबन्धन बन्ने प्रक्रिया त संसदीय व्यवस्थाको सुरुआतदेखि नै प्रचलनमा आएको थियो । त्यसबाहेक राष्ट्रिय सङ्कट वा राष्ट्रिय विषयहरुलाई निक्र्यौल गर्नुपर्ने अवस्थामा विशिष्ट किसिमले राजनीतिक गठबन्धन बन्ने गरेको हुन्छ । जस्तो बेलायतमा बे्रक्जिट मामिलाका सन्दर्भमा र नेपालमा नयाँ संविधान जारी गर्ने बेला सन् २०१५ मा भएको राजनीतिक गठबन्धन विशिष्ट खालका मुद्दा केन्द्रित राजनीतिक गठबन्धन हुन् ।

‘गठबन्धन राजनीतिको विशेषता विचारधारा नभएर व्यवहारवाद हुने गर्दछ । यस्तो राजनीतिक समायोजन गर्दा सम्बन्धित राजनीतिक दलका सिद्धान्तहरु पन्छाएर राख्नुपर्छ‘ । यस्तो परिवेशमा संसदीय व्यवस्था कति सफल ढंगले कार्यान्वयन हुने गर्दछ वा विश्वव्यापी चलेको उदार संसदीय लोकतन्त्र र बदलिरहने निर्वाचन प्रणालीका सन्दर्भमा गठबन्धन राजनीति र गठबन्धन सरकार कति प्रभावकारी बनेका छन् र त्यस्ता सरकारहरु गठन भएका सन्दर्भमा नेपालमा गरिएको अभ्यास, उद्देश्य र राजनीतिक संस्कृतिका बारेमा यस पुस्तकमा बहस गरिएको छ । विशेषगरी नेपालमा सन् १९५० देखि यता भएका संसदीय निर्वाचन र ती निर्वाचनहरुमा भएका गठबन्धन, गठबन्धन सरकार र विभिन्न समयमा राजनीतिक मुद्दाका आधारमा भएका गठबन्धन र तिनको औचित्यका बारेमा विभिन्न तथ्यांकसहित यस पुस्तकमा छलफल गरिएको छ ।‘ लखकद्धयले पुस्तकको भूमिकामा उपरोक्त दृष्ट्रान्तलाई औंल्याएको छन् ।

नेपालमा गठबन्धन सरकार, गठबन्धन राजनीति, गठबन्धनका स्वाभाविक तथा अस्वाभाविक राजनीतिक आयाम र अभ्यास तथा गरिनुपर्ने सुधार तथा गठबन्धन संस्कृतिको यथाशक्य विश्लेषण गरिएको छ । गठबन्धन सरकार बन्ने र भत्किने, राजनीतिक दलहरुको स्वघोषणा र त्यसप्रतिको बेइमानी तथा मुद्दा विशेषभन्दा शक्तिमा पुग्ने अराजनीतिक प्रवृत्तिको तुलनात्मक अध्ययन गरिएको छ । साथै दक्षिण एसियाली देशहरुमा भएको गठबन्धन राजनीति र संस्कारको परम्परा, पश्चिमी प्रजातन्त्रको अनुभव र अभ्यासका आधारमा समकालीन राजनीतिक व्यवस्था र निर्वाचन प्रणालीका सन्दर्भमा नेपालमा कस्तो खालको गठबन्धन सरकार र राजनीतिक गठबन्धन आवश्यक हुनसक्छ भन्नेबारेमा केही सुझाव र निष्कर्ष अघि सारिएको छ ।

पुस्तकमा अलिक विस्तृत रुपमा २०७४ सालको स्थानीय निर्वाचन, त्यो निर्वाचनको नतिजाका आधारमा बनेको वाम गठबन्धन र वाम गठबन्धनको दुर्दशामाथि विशेष चर्चा गरिएको छ । पुस्तकमा अलिक बढी अन्य देशहरुमा भन्दा नेपालको राजनीतिमा रहेको वाम वर्चस्वका कारण सुरुदेखि वामपन्थी पार्टीहरुको घोषित उद्देश्य, वाम दलहरुको सरकारमा संलग्नता, वाम राजनीतिक सरकारसम्बन्धी आदर्शमा उत्पन्न स्खलित प्रवृत्ति र अपनाउनुपर्ने सावधानीका बारेमा तुलनात्मक विश्लेषण गरिएको छ । अघिल्ला निर्वाचनहरुका नतिजा र आगामी दिनमा हुने निर्वाचनमा बन्न सक्ने सम्भावित चुनावी गठबन्धन र प्राप्त गर्नसक्ने नतिजाका सन्दर्भमा बृहत् वाम गठबन्धन र डेमोक्रेटिक गरी दुईखाले गठबन्धन राजनीतिको विकास हुने सम्भावनालाई तथ्यसहित पुस्तकले प्रस्तुत गरेको छ ।

पुस्तक लेखनको उत्प्रेरणा गत कालमा निर्माण भएको वाम गठबन्धन र त्यसको दुर्दशा तथा अराजनीतिक गठबन्धनको बोझिलो राजनीतिक वातावरण भएको लेखकद्धयले दावी गरेका छन् । विभिन्न विश्वविद्यालयका स्नातकोत्तर तहमा गर्ने गरेको सौखिन अध्यापन, अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनका सन्दर्भमा समकालीन राजनीतिक प्रणाली र चुनावी लोकतन्त्रका विषयको सामग्री खोजी गर्दाको अभावलाई पनि पूरा गर्न यो पुस्तक लेखिएको शुभशंकर कंडेलको दावी छ ।

लेखकमध्ये कँडेलको अवतरण ९नेपालमा सशस्त्र संघर्ष, राजनीतिक रुपान्तरणमा विवाद र एमाले–माओवादी एकता० – २०७५ को पूरक पुस्तकका रुपमा समेत काम गर्ने दावी गरेका छन् पुस्तक तयार गर्न युरोपेली देशहरुमध्येको विकसित र बढी सन्तुलित मानिएको डेनमार्कको शासकीय प्रणालीको परिपक्वता, भारतीय विद्वान् आशीष नन्दी, नवमाक्र्सवादी राजनीतिशास्त्री इसाही बर्लिन, नोम चोम्स्की, डेनिस काडिमा, मिसेल फुकोका शक्ति र सत्ताजस्ता रचनाहरुले बढी प्रभाव परेको समेत लेखकद्धय बताएका छन् ।

सम्भवतः नेपालको राजनीतिशास्त्रको अध्ययनका सन्दर्भमा गठबन्धन राजनीति सम्वन्धी यो पुस्तक नै पहिलो हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com