चुनाावी गतिविधि बढाउँदै दलहरू


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा क्रियाशील राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै दलहरूको चुनावी अभियानले गति लिएको हो ।

भूगोलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकासहित पाँचवटा पालिका रहेको कास्कीमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धन, नेकपा (एमाले)सहित अन्य दल एवम् स्वतन्त्रबाट प्रमुख÷उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्यसहित कूल एक हजार ४९१ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबाट कूल ३७० जना जनप्रतिनिधि जिल्लामा निर्वाचित हुनेछन् ।

उम्मेदवारी मनोनयनसँगै कतिपय स्थानमा गठबन्धन एवम् दलसँग सम्बद्ध नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका कारण उक्त उम्मेदवारी फिर्ता गराउनेतर्फ पनि दलहरूको सक्रियता बढेको छ ।

उम्मेदवारको अन्तिम नामावली तयार भएपछि १६ गतेदेखि मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रमलाई अझै सक्रियताका साथ अघि बढ्ने नेताहरू बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कांग्रेसले निर्वाचनको तयारीलाई तीव्रताका साथ अघि बढाएको कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री एवम् पोखरा महानगरपालिकाका उपप्रमुखका उम्मेदवार कोपिला रानाभाटले जानकारी दिनुभयो । “कांग्रेससहितको गठबन्धन चुनावी अभियानमा लागेका कारण गठबन्धन दलसँग छलफल गरी हामी चुनावी कार्यक्रमलाई अघि बढाउन लागेका छौँ”, उहाँले भन्नुभयो, “यही १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र निर्वाचन परिचालन समितिले तय गरेअनुसार मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रम अघि बढ्नेछन् ।”

निर्वाचनलाई लक्षित गरी एमालेले आफ्नो तयारी सक्रिय बनाएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले जानकारी दिनुभयो । पार्टीले पालिकास्तरमा पार्टीका विभिन्न समितिहरूलाई परिचालन गर्ने उहाँले बताउनुभयो ।

चुनाव प्रचारप्रसारअन्तर्गत घरदैलो, मतदाता शिक्षासँगै एमालेको नेतृत्वमा यस अघि भए गरेका कामबारे मतदातालाई जानकारी गराउने उहाँले जानकारी दिनुभयो ।

चुनावलाई लक्षित गरी गठबन्धन दलका तर्फबाट घोषणापत्र तयारी गर्ने काम भइरहेको नेकपा ९माओवादी केन्द्र० नेता एवम् घोषणापत्र निर्माण समितिका सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com