अमेरिकी अध्यागमन टिप्स समेटिएको पत्रकार पन्थीको पुस्तक जिरो माइलमाथि हेटौंडामा चर्चा


प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार

मकवानपुर/ बागमती प्रदेशको राजधानी हेटौंडामा पत्रकार किशोर पन्थीद्वारा लिखित ‘जिरो माइल’ नामक पुस्तकमाथि चर्चा गरिएको छ । मकवानपुरका साहित्यकारहरुको संस्था राउण्ड टेवल गसिपद्वारा आयोजित पुस्तकमाथिको परिचर्चा कार्यक्रममा अधिवक्ता ऋषि के.बी. र पत्रकार गिरिजा अधिकारीले कृतिमाथिको समालोचनात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। शंकर उपाध्यायले साहित्य, कानून र पत्रकारिता समाजको मार्गदर्शक भएको बताए । साहित्यमा कमिकमजोरी रहे पनि त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले रचना समाजको सम्पती भएको उल्लेख गरे ।

लामो समयदेखि अमेरिकामा रहेर पत्रकारितामा क्रियाशील रहेका पत्रकार पन्थीद्वारा लिखित पुस्तक ‘जिरो माइल’ मा अमेरिकी अध्यागमन सम्बन्धी टिप्सलाई विशेष रुपमा समावेश गरिएको भन्दै बार एशोसिएसन मकवानपुरका अध्यक्ष एवम् अधिवक्ता के.बी.ले जुनसुकै भिसामा अमेरिका जान चाहानेहरुका लागि मात्रै नभई आम पाठकहरुका लागि पनि यो कृति महत्वपूर्ण दस्तावेजको रुपमा रहने बताए ।

कृति सरल भाषामा सबैले बुझ्ने गरी तयार पारिएको र आम पाठकलाई दिन खोजिएको जानकारी पनि प्रभावकारी रहेको पत्रकार अधिकारीले बताए । ‘जिरो माइल’ पत्रकार, प्राध्यापक र कानून व्यवसायीहरुका लागि पनि पठनीय सामग्रीको रुपमा रहने अधिकारीले उल्लेख गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वि.सं २०५७ मा गुल्मीबाट जनआह्वान दैनिकमार्फत् पत्रकारिता सुरु गरेका पन्थी हाल अमेरिकाबाट सञ्चालित खसोखासका प्रधान सम्पादक हुन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ पीएचडीबाट सम्मानित उनले अमेरिकी राष्ट्रपति जो वाइडेनबाट हस्ताक्षरित प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्राप्त गरेका छन् । पन्थीको कम्पन उपन्यास पहिलो कृति हो । २०७२ वैशाख १२ गतेको भूकम्पसँग सम्बन्धित विषयवस्तु समावेश गरी २०७५ मा यो कृति तयार पारिएको थियो ।

राउण्ड टेवल गसिपका संयोजक राम अविकासको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत पाटन बार एशोसियनका अध्यक्ष शुसील पोखरेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतमलगायत मकवानपुरका अधिवक्ता, प्राध्यापक एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रम कवि छवि अनित्यले सहजिकरण गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com