रोल्पा र उदयपुरमा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी


प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार

नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका विभिन्न ६ स्थानीय तहमा उम्मेदवारी दिएको छ । जिल्लाको गङ्गादेव, परिवर्तन, थवाङ, सुनिलस्मृति, सुनछहरी र लुङ्ग्री गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको हो ।

उक्त पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि गङ्गादेव गाउँपालिकामा सम्पूर्ण पदसहित उम्मेदवारी दर्ता गराएको छ । रुन्टिगढी गाउँपालिकामा कुनै उम्मेदवारी नपरेको जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश सहसचिव केवी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका चुडामणि वलीले गाउँपालिकाको अध्यक्षमा र सुशिला वलीले उपाध्यक्षमा स्वतन्त्ररुपमा उमेदवारी दिनुभएको छ । यस गाउँपालिकाको वडा नं २ को अध्यक्षमा टीकाराम नेपाली, ३ को वडाध्यक्षमा लालबहादुर वली, ४ को वडाध्यक्षमा नन्दे वली, ५ को वडाध्यक्षमा यमनकुमार चन्द र ६ को वडाध्यक्षमा दीपेन्द्र खत्रीको उम्मेदवारी परेको छ ।

यस्तै थवाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती र अजय घर्ती, उपाध्यक्षमा रायबहादुर पुनको उम्मेदवारी परेको छ । वडाध्यक्षमा वडा नं १ मा फर्के झाँक्री, वडा नं २ मा तीर्थनारायण मिजार र वडा नं ५ मा दुकमन रोकाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापाले उम्मेदवारी दिनुभएको छ भने उपाध्यक्षमा दीपेश विष्टको उम्मेदवारी परेको छ । यस गाउँपालिकाको २ नं वडाध्यक्षमा बेगमध्वज थापा ’एनान’ र वडा नं ६ को वडाध्यक्षमा सन्तोष सुवेदीको उम्मेदवारी परेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवर्तन गाउँपालिकाको अध्यक्षमा लालबहादुर डाँगी र उपाध्यक्षमा मीरा बुढामगरले उमेदवारी दर्ता गराउनुभएको छ । यस्तै वडा नं २ को अध्यक्षमा अनिल केसी, ३ नं वडाध्यक्षमा पृथ्वीविक्रम डाँगी, ४ नं वडाध्यक्षमा चित्रबहादुर बुढा ५ नं वडाध्यक्ष खिमप्रसाद घर्ती शाह र ६ नं वडाध्यक्षमा दीपक थापाले उम्मेदवारी दिनुभएको छ । सुनछहरी गाउँपालिकाको अध्यक्षमा पुष्टमन घर्तीमगरले स्वतन्त्र उमेदवारी दर्ता गर्नुभएको छ । यहाँ तीन दलिय गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दिनुभएको हो ।

नेकपा एमाले र नेपाली कांग्रेसको पनि समर्थन रहेको जनाइएको छ । ६ नं वडाध्यक्षमा भने हेमन्त पुनले उमेदवारी दिएका छन् ।
त्यसैगरी लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानुमाया विकले उम्मेदवारी दर्ता गर्नुभएको छ । यहाँको वडा नं। १ को अध्यक्षमा नबहादुर खत्री, वडा नं। २ को अध्यक्षमा जीतमान खड्का, ३ को वडाध्यक्षमा लीलाबहादुर घर्ती क्षेत्री, ४ को वडाध्यक्ष टेकबहादुर विष्ट र ५ नं वडाध्यक्षमा सुर्वणकुमार रोका मगरको उमेदवारी परेको छ ।

उक्त पार्टीबाट रोल्पा नगरपालिका, त्रिवेणी र माडी, गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी परेको छैन । त्रिवेणी गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा बेदबहादुर पुन र ६ नं वडाध्यक्षमा खिमराज पुनको उम्मेवारी परेको छ । माडी गाउँपालिका–५ को वडाध्यक्षमा प्रकाश केसी र रोल्पा नगरको १० नं वडाध्यक्षमा धनबहादुर खत्रीले उम्मेदवारी दिनुभएको छ ।
उक्त पार्टीद्वारा जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गएको हो । गुरुङका अनुसार केही स्थानमा काग्रेस र एमालेको तालमेलमा तथा केही स्थानमा एकल उमेदवारी दर्ता गरिएको हो ।

यसैगरी विप्लव नेतृत्वको पार्टीले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि सोमबार उदयपुरको चार पालिकामा विभिन्न पदमा मनोनयन गराएको छ । उक्त पार्टीका उदयपुर इञ्चार्ज लक्ष्मण पौडेलका अनुसार सो पार्टीको तर्फबाट उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर पुलामी मगरले उम्मेदवारी दिनुभएको हो ।

यस्तै सो पालिकाको वडा नं ५ को अध्यक्षमा केशव श्रेष्ठ, वडा नं ६ को अध्यक्षमा ढबबहादुर राउत र वडा ८ को अध्यक्षमा रेवती श्रेष्ठले उमेदवारी दर्ता गर्नुभएको छ । जिल्लाको त्रियुगा नगरपालिकाको उपमेयरमा सो पार्टीका रामकृष्ण सदाले उम्मेदवारी दिनुभएको छ भने भने बेलका नगरपालिका–९ को वडाध्यक्षमा मनकुमारी राईले उम्मेदवारी दिएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कटारी नगरपालिकाको वडा नं ९ र ४ मा पनि वडाध्यक्षका लागि उक्त पार्टीबाट उम्मेदवारी दर्ता भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com